समाजका लागि केही गरौं भन्ने नवीन सोच, नयाँ जोस र ऊर्जाका साथ समाजको चौतर्फी विकास, सामाजिक न्याय र परिवर्तनका लागि स्थापना भएको ग्रामीण विकास टुकी संघकाे २० साधरणसभा अाज सम्पन्न भएको छ। नेपालमा सामाजिक संघसंस्थाहरूको इतिहासका पन्नाहरू पल्टाएर हेर्ने हो भने सामाजसेवा, कला, संस्कृतिहरूको संरक्षण, पर्यटकीय क्षेत्रको प्रवदधन गर्न समाजिक संस्था काे अगुवाइ टुकी संघले गरेकाे कार्यक्रमका प्रमुख अतिथिएवम जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताए । यता भिमेश्वर नगरपालिका मेयर भरत केसी भन्छन कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिहरूको निर्माण गर्न नसक्दा समाजिक संस्थाहरूले फड्को मार्न सकेनन् । संस्थाको उद्देश्य प्राप्तिका लागि गरिने कार्य अनुकूल नीति, नियम र कार्यविधि नहुँदा पनि कतिपय संस्थाहरू समस्यामा परेका छन् केसीले भने । एउटै संस्थाले जीवन्त रही रहेको अवस्था भने निकै कम मात्रामा भेन्टिन्छ । स्थापनाकालमा सुनौलो आशाका किरणहरू लिएर झुल्किएका संस्थाहरू समयको गतिशीलतासँगै अस्ताएर गएका दाेलखामा धेरै रहेकाछन। ६ सय जना टुकीले संस्था कार्य प्रगति प्रशंसा गरेकाछन। कार्यक्रमलाई नेपाली कांग्रेस पार्टी सचिव सन्ताेष पाठक,नृेकपा एमाले दाेलखाका सचिव हिरा थाेकर,हुराडेक अध्यक्ष उद्व पाेखरेल,टुकी महासचिव पाख्नीन ,टुकीका कार्यकारि अधिकृत पुषार्थ श्रेष्ठ ,काेषाध्यक्ष बद्री कटुवाल लगायत मन्त्वय राखेका थियो । कार्यक्रम ग्रामीण विकास टुकी संघकी अध्यक्ष राेजकुमारी चाैलागाई काे सभापतितब २० अाै साधरणसभा सम्पन्न भएकाे छ।