उपभोक्ताकाे स्वास्थमा खेलवाड गर्न कसैलाई छुट छैन, ३ लाख जरिवाना र जेल सजाय सम्म हुने

उपभाेक्ता सचेतना कार्यक्रमलाई व्यापक बनाउन स्थानीय तह लाग्नुपर्छ ; उपमेयर बस्नेत

 पब्लिक संवाददाता      शनिबार, चैत्र २, २०८१      0

पब्लिक समचारदाता

दाेलखा २ चैत । स्वच्छ र प्रतिस्पर्धि बजार बजार ,उपभोक्ता आधार भन्ने मुल नाराका साथ दाेलखा जिल्लामा विश्व उपभोक्ता दिवस भव्यताका साथ मनाईएकाेछ।


उद्योग तथा बाणिज्य कार्यालय चरिकोटकाे अयाेजनामा जिल्लाका सराेकारवाला संस्था प्रतिनिधिहरू तथा सरकारी कार्यालयका प्रमुखहरूकाे सहभागीता उपभोक्ताकाे हितमा के गर्दा उचित हुन्छ भन्दै बृहत् रूपमा अन्तरक्रिया तथा छलफल गरिएको छ।


भिमेश्वर नगरपालिका काे उपमेयर कमला बस्नेतकाे प्रमुख आतिथ्यता र सहायक प्रमुख जिल्ला अधिकारी आैलख बहादुर आलेकाे विशेष आतिथ्यतामा भएकाे साे अन्तरक्रिया कार्यक्रममा नागरिक समाज दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई,दाेलखाका उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेती ,चेम्बर अफ कर्मस दाेलखाका अध्यक्ष रूद्रजंग बुढाथोकी ,नेपाल पत्रकार महासंघ दाेलखाका सचिव सुजन काफ्ले ,हाेटल संघ दाेलखाका अध्यक्ष कुमार श्रेष्ठ ,बितरकसंघ दाेलखाका सचिव,सरकारी कार्यालयका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियोे ।


उद्योग तथा बाणिज्य कार्यालय चरिकोटका प्रमुख भाष्कर ढुङ्गानाले स्वच्छ र प्रतिस्पर्धि बजार बजार ,उपभोक्ता आधार भन्ने विषयलाई सार्थक बनाउन करिव एक घण्टाकाे सलाईडमा प्रजेन्टटेसन प्रस्तुत गर्नुभएकाे थियोे ।दाेलखा जिल्लामा एक बर्षमा उपभोक्ताकाे हित गरेका कामकाे प्रस्तुतिकरण समेत कार्यालय प्रमुखले ढुङ्गानाले सार्वजनिक गर्नुभएको छ।उद्योग तथा बाणिज्य कार्यालय चरिकोटले एक बर्षमा ४० लाख ८ हजार राजश्व उठाएकाे छ । उपभोक्ताकाे एेन उल्लंघन गर्ने लाई कार्वाही गरि २० हजार जरिवाना समेत गरेकाे ढुङ्गानाले जानकारी दिनुभएको छ।

विश्व उपभोक्ता दिवसमा दाेलखाका सराेकावालाहरूले केही मेडिकल,पेट्रोल पम्प,माछा व्यापारी, खाध्यान ब्यापारी ,खाध्यान डिपाे,काेल्डस्टाेरहरूकाे लापरबाहीकाकारण नागरिकको स्वास्थ्य असर परिरहेकोले मासिक रूपमा अनुगमन गरि कानुनी कार्वाही लाई तिव्रता दिन अपिल समेत गरेकाछन ।
स्थानीय सरकारले उपभाेक्ता सचेतना कार्यक्रमलाई व्यापक बनाई वडा तहदेखी नै निरन्तर अनुगमन गरि नागरिकको स्वास्थमा खेलावाड गर्नेलाई कार्वाही गर्ने उपमेयर कमला बस्नेत सराेकावालाका बिच प्रतिबद्धता जाहेर गर्नुभयाे ।नागरिक सचेतना विद्यालय स्तर देखि नै अगाडि बढाउने उद्धाेष उपमेयर बस्नेतले गर्नुभएको छ ।


दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी आैलख बहादुर अाले भन्नुहुन्छ हामीले नियमितरूपमा बजार अनुगमन गरेका छाै,म्याद सकिएका खाध्या सामाग्री गाउँ गाउँका पसलहरूमा भेटिन थालेको उजुर आएकाेले पालिकाकाे अनुगमन समितिलाई तिब्र अनुगमन कार्य अघि बढाउन समन्वय गर्ने छु । बजारमा हुने डिलरले सस्तोकाे नाममा गाउँमा पुराएकाे गाउँका नागरिकले म्याद हेर्न लागेपछि उजुरी आएकाे आलेले बताउनुभयो ।
उपभोक्ताले उपभोग गर्ने वस्तुबाट स्वास्थ्यलाई हानि, नोक्सानी वा नकारात्मक प्रभाव नगर्ने हुनुपर्छ । उपभाेक्ता स्वास्थ माथि खेलवाड गर्ने लाई ५ हजार देखि ३ लाख सम्म जरिवाना र जेल सजाय समेत कानुन उल्लेख गरिएकाे उद्योग तथा बाणिज्य कार्यालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *