पब्लिक संवाददाता
शुक्रबार, फाल्गुन २३, २०८१
0

पब्लिक समाचारदाता
दाेलखा २२ फागुन ।दोलखाको जिरी नगरपालिकामा लडेर एक युवतीको मृत्यु भएको छ ।
जिरी नगरपालिका–१ ल्वासाकी ३० वर्षीया फुडोमा शेर्पाको लडेर मृत्यु भएको हो । हिजो आफ्नै घरमा लडेर घाइते भएकी उनलाई उपचारका लागि तामाकोशी गाउँपालिकास्थित किर्नेटारमा रहेको धुलिखेल शाखा अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।हिजो मादक पदार्थ सेवन गरी लडेर गम्भीर घाइते भएकी उनको आज विहान मृत्यु भएको दोलखाका प्रहरी निरिक्षक सत्रुधन कुमार महतोले जानकारी दिनुभयो । मृतक युवतीको शवलाई अहिले पोर्टमार्टमको लागि जिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Leave a Reply