डढेलाे निभाउने क्रममा खत्रीको दुवै हात जल्याे,उपचार हुदै

 पब्लिक संवाददाता      बुधबार, फाल्गुन २१, २०८१      0

डढेलाे निभाउने क्रममा खत्रीको दुवै हात जल्याे,उपचारहुदै

पब्लिक समाचारदाता

दाेलखा २१ फागुन। वनमा लागेको डढेलो निभाउदा आगोले दुवैहात जलेर जिरी नगरपालिका – ८ का ६४ वर्षीय तेजबहादुर खत्री घाइते भएकाछन्।

आज दिउँसो धनमालेस्थित पुरानो कब्लेटी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा खत्रीको दुवै हात आगोले जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) सत्रुधन महतोले जानकारी दिनुभयाे ।

हाल उनको जिरी अस्पतालमा मेडिकलमा उपचार भइरहेको छ । आर्मी , प्रहरी र बरुण यन्त्रको सहयोगमा उक्त आगलागी निभाउने कार्य भैरहेको प्रहरीले जनाएको छ।

आजै, दोलखाको शैलुङ गाउँपालिका–२ स्थित एक सामुदायिक वनमा पनि आगलागि भएको छ । बाघखोरस्थित चित्रे सामुदायिक वनमा पनि आगलागि भएको हो । आज दिउँसो करिव ३ बजे आगलागिको जानकारी प्राप्त भएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *