
भीमसेनकाे शिलाकाे तिन रूपकाे दर्शन गरे मनाेकाक्षां पुर्णरूपमा पूरा हुने धार्मिक विश्वास
दीपशंकर चाैलागाई
एक शिला तीन अवतार हुने साक्षत भगवान भीमसेनकाे दर्सन गर्दा मनाेकाक्षां पुराहुने जनविश्वास रहेकाे छ।देश, काल र प्राणीमा आइपर्ने परिस्थिति सूचक देवताको रूपमा समेत भिमेश्वरकाे चर्चा गरिएको पाइन्छ ।
साक्षात भीमसेनको प्रतिमूर्ति शीलामा पसिनारुपी तरल पदार्थको थोपा थोपा अंकित हुन्छ त्यसैलाई देवतामा पसिना आएको मान्यताका साथमा पूजाअर्चना गर्ने गरिन्छ।
भीमसेनको प्रतिमूर्तिमा धेरै पटक पसिना आएको पुजारी , गुठियार , टहलवाहरूले बताउदै आएकाछन ।वि.सं. १९९० सालको भूकम्प आउनु अगाडिबाट पसिना आएको तथ्यहरू सार्वजनिक भइसकेको छ । अझ त्यो भन्दा पहिले पनि आएको थियो होला सायद तर त्यतिबेला संकेतको ज्ञान नहुँदा प्रचार नभएको पनि हुनसक्छ ।
राक्षसले मानव जगतमा दुख कष्ट दिएपछि मानवकाे उदारकाे लागि भगवान भिमसनकाे रूपमा अभयपुरमा प्रकट हुनभएकाे विश्वास गरिदै आएको छ।
भिमेश्वरकाे शिलामा दर्शन गरेपछि मात्र मुक्ति मिल्नेछ।एक शिला तीन अवतार हुने साक्षत भगवान भीमसेनकाे तिनवटैरूपकाे दर्शन गरे मनाेकाक्षां पुर्णरूपमा पूरा हुने जनविश्वास रहेकाे राजनितीज्ञ एवम संस्कृतविद ज्ञानेन्द्र प्रधान बताउछन ।विहान रूप,दिउँसो रूप बेलुकी रूपमा हुने भएकोले तिनै रूपकाे दर्शन गरे मनाेकांक्षा पुराहुने संस्कृतिविद प्रधानले दावी गरे। पीडा निर्वारण,आँटेकाे काम पूरा हुन भिमसेनकाे शिलाकाे दर्शन पछि सार्थक बनेको दर्शनार्थीहरूकाे भनाई रहेको छ ।
कपोलकल्पित तथ्यहरू जुन गाथासँग सम्बन्ध नै नभएको पर्यटन प्रबद्धनलागी साक्षत भगवानकाे विश्वास र गरिमा मा नै प्रश्न उठ्ने गरि स्वाचालित अभिव्यक्ति नदिन स्वाघाेषित महान व्यक्तित्वलाई पुजारी , गुठियार , टहलवाहरूले चेतावनी दिएकाछन।
हतियार, तरवारको शिला भेट्टिएको भन्दै स्थानीयपनलाई बढावा दिन दर्शनार्थीहरूलाई भ्रम पार्न खोज्ने कपोलकल्पित धार्मिक नाईकेहरूलाई
सामाजिक अभियन्ता र विद्धत वर्गहरू देख्दा अचम्म लाग्छ। अबको समयमा आएर मुल देवताको मन्दिरसम्म धाएर दर्शन गर्न गराउन प्रचारप्रसार गर्नु गराउनु त कता हो कता उल्टै आफ्नै गाउँघर परिसरमै कतै भीमसेनको तरवार भेटिए रे, कतै लौरो भेटिए रे,अनि कतै पाइला भेटिए रे भन्दै आसपासमा रहेका आफ्ना जग्गा जमिनकाे मुल्य बढाउन अर्नरगल रूपमा प्रचार प्रसार गर्ने स्वाघाेषित समाजसेवीहरूले भिमेश्वरलाई छाया पार्न खाेजेकाछन ।संस्कृतीविदका नाम मा चिनिने डा जगमान गुरूङले विना आधार जाे पायाे त्यही बाेली स्वाभामानी दाेलखालीकाे भावानामा चाेट पुर्याएका छन। । विना आधार भिमसेन भगवानका विषयमा मात्र नभई अन्य धार्मिकस्थलका विषयमा कसैलाई बाेल्ने लेख्ने छुट छैन। स्वघाेषित समाजसेविहरूले डाक्टरसाबकाे क्षमता, सीप र ज्ञानकै धज्जी उडाएर दर्शन गर्नलाई समेत ‘पहिले यहाँ अनि पछि उहाँ’ भन्दै कपोलकल्पित तथ्यहरू जुन कथा र गाथासँग सम्बन्ध नै नभएको हतियार तरवारको शिला भेट्टिएको भन्दै स्वार्थगतरूपमा स्थानीयपनलाई बढावा दिन खोजेकाे देख्दा के लाई भन्दा देख्नेलाई लाज जस्तो भएकाे छ।सत्य यथार्थ हुन्छ काल्पनिक लोककथा हुनसक्छ तर दोलखामा रहेको भीमसेनको महिमामाथि ठाडो हस्तक्षेप गर्न खोज्नु दुःखद कुरा हो ।
संस्कृतीविद उपेन्द्र प्रधानले भन्छन “प्रसङ्ग भीमसेनको पाइला, १२ वर्ष बनवासको क्रममा जाँदा पाइलाको डोब बस्न सक्छ, चउरमा केहीबेर आराम गर्दा शिरको डाम बस्न सक्छ । तर पाइलाको डोब कथित ठाउँमा मात्र स्थीर भएको होला र ? कि त त्यो पत्थर नै खिइने गरी टेकेको हुनुपर्यो । अर्को कुरा भीमसेन स्वयं अजङ्गको राक्षसलाई समेत परास्त गर्नसक्ने शक्तिशाली हुन् भने लौरो टेकेर हिँडेका होलान् त ? उनी तीर्थधाम यात्रा गर्न गएका वृद्ध त पक्कै होइनन् । ”
दोलखाको शैलुङ पर्वत आफैंमा लोकप्रिय छ । जसलाई दोलखाको ‘मौसमी हिमाल’ भन्दा पनि फरक नपर्ला । अझ समयान्तरको हिसाबले अन्तराष्ट्रियरूपमै चर्चा गर्न ‘सिजनल हिमालय’ नामाकरण गरेर या ‘बुद्ध टाकुरा’ भन्दा पनि हुन्थ्यो । भीमसेनको तरवारको शीला भेट्टिएको ठाउँ र यहाँ पहिले पुजा गरेर मात्र भीमसेनको पूजा गरेर फटाहा, दुर्जन, पापीहरूले मुक्त पाउनेछन् भन्ने अभिव्यक्ति भ्रामक र झुट हाे । नेपालकै ऋषि, विज्ञ कहालाइएका डा. जगमान गुरुङ जस्तो व्यक्तिलाई शब्द जोताउन सक्ने व्यक्ति दाेलखामा जन्मेछन,तिमीहरूलाई नागरिकले धिकार्नेछन आफै सच्चिनुमा बेस हाेला।
भीमसेनको दर्शन गर्नाले र आराधना गर्नाले जुनसुकै पाप गरेका भएपनि नष्ट हुन्छ र मुक्त हुन्छ भन्ने एउटा उक्ति सुन्दा भने मान्छेहरू स्वयं पापकर्म गर्दारहेछन् पो त्यो भनाइ राख्दछन् जस्तो पनि लाग्दछ । खास त देवताप्रति श्रद्धा गर्नुको अर्थ र प्रकृति, प्रवृत्ति सबैको कल्याण गरेर सभ्य मनस्थितिको सृजना होस् भन्नाका लागि हो नि । जब सत्कर्मको लागि ईश्वरको पुकार नै गरिन्छ भने, पाप, कूकर्म र दुश्चरित्रको प्रसङ्ग नै किन कोट्याउनु । त्यसैले गलत तर्क, अर्थहीन प्रचारप्रसार गरेर भोलिका सन्ततिलाई अन्योलमा नराखौँ । पूर्खा पूर्खा नै हो परम्परा परम्परा नै ।
भीमसेनलाई महाभारतकालीन सभ्यतासँग जोडिएको यथार्थ मन्दिरको मुख्य पर्खाल (गारो) को प्रारम्भिक जगभन्दा माथि उठाइएको भागमा चारकोण भएको इँटाको वर्गाकार भागमा कुँदिएका महाभारतसँग सम्बन्धित तैल चित्रले प्रमाणित गरिएको छ । जसमा भीमसेनले किचक वध गरेको, सूर्यपुत्र कर्णसँग गदा जुधाएर युद्ध गरेको, पाँचपाण्डवले कौरवसँग जुवा खेलेको, दुशासनले द्रौपदीको वस्त्र हरण गरेको र वनवास जाँदाको परिदृश्यहरू अंकित भएको देख्न पाइन्छ । दोलखाको उत्पत्तिकाल त्यो समयमा भएको मान्न सकिन्छ । प्राचिन शहर दोलखाको मन्दिरको भित्री प्रारुप पहिले पुरै ढुंगाको गारो बनाएर हावा आदानप्रदानका लागि या भित्र धुप र बत्ती बाल्दा त्यसबाट उत्पन्न धुवाँले असर नपरोस् भन्ने दीर्घ सोच राखेर गारोको यत्रतत्र छिद्र बनाइएको छ । त्यसलाई मनोवैज्ञानिक मापदण्ड नै मान्नु पर्दछ । दोलखा भीमसेन भीमसेन नै हुन् जो यस युगको रक्षार्थ चेतना जगाउन प्राणीहरूमा सर्वश्रेष्ठ मानिएका मानवहरूले ज्ञान प्राप्त गरुन् भन्ने हेतुले उत्पन्न भएको साक्षात् ईश्वर ।दोलखा जिल्लाको आर्थिक समृद्धिको कोशीढुङ्गा हाे यो धार्मिक स्थल।यसमा दैनिक २/३ सयकाे संख्यामा दर्शनार्थीहरु उपस्थित हुने गर्दछन्।
पहिला भीमेश्वरको तिनैरूपकाे दर्शन गरेपछि कालिञ्चोक भगवती, शैलुङ्गेश्वर महादेव ,महाङ्गकालभवती र जलेश्वर महादेवको दर्शन गर्ने प्रचलन रहेको छ।
भगवानको साक्षात रूपमा हेरिएका भीमसेनको शिलाका तिनै रूपको दर्शनपछि अन्य मठ मन्दिरको दर्शन गरी पुण्य मिल्ने भीमश्वर नगरपालिका २ का धार्मिक व्यक्तित्व एवं संस्कृतिकविद विराजमान श्रेष्ठ बताउछन। मन्दिरै मन्दिरको ऐतिहासिक सहर दोलखामा एक रात बिताउँदा स्वर्गीय आनन्दको अनुभूति गर्न सकिने दर्शनार्थीहरूको भनाइ छ।पवित्र धार्मिक स्थल आसपास बस्दा भगवानकै समीप्यमा बसेको महसुस हुनेछ। भक्तजनकाे आर्थिक क्षमता अनुसार सामान्य देखि तारे हाेटल सम्मकाे सुविधा भएका हाेटलहरू एेतिहासिक शहरमा दाेलखामा बनेकाछन।
Leave a Reply