
दीपशंकर चाैलागाई
स्वर्णिम राजनैतिक संस्कार स्थापित भएकाे जिल्लाकारूपमा परिचित दाेलखामा पुन: उदाहरणीय काम भएकाे छ।नेपाली कांग्रेस पार्टी सभापति सुशील काेईरालालाई एमाले दाेलखाले पार्टी कार्यालयमा निमन्त्रणा गरि स्वागत तथा सत्कार गर्दै स्वार्णिम राजनैतिक संस्कार एमाले दाेलखाले देखाकाे थियो ।
नेकपा एमाले दाेलखाका नेता पार्वत गुरूङ, आन्नद प्रसाद पाेखरेल,तत्कालीन एमाले नेता शिव प्रसाद भण्डारी , ईश्वर चन्द्र पाेखरेल जस्ता नेताकाे सकारात्मक राजनीति साेचकाे उपच थियाे कांग्रेस पार्टी सभापति सुशील काेईरालालाई स्वागत तथा सत्कार गर्ने।त्यसाे त संविधान जारी गर्ने महापुरूष सुशील काेईरालालाई एमाले दाेलखाले मात्र हाेईन मुलुकभरका स्वाभिमानी नेपालीले राजनीति आदार र सत्कारमा कमी राखेनन ।दाेलखा एमालेकाे याे कदमकाे मुलुक भरि सकारात्मक चर्चा ,परिचर्चा भएकाे थियोे ।कुनै समय कांग्रेस र एमालेहरू मर्दा,पर्दा मलामी,जन्ती समेत नजाने , खानेपानीकाे धाराे समेत छुट्टाछुट्टै प्रयाेग गर्ने अबस्थामा नपुगेका भने हाेइन।यस्ता सामाजिक बिकृतीलाई अन्त्य गर्ने नेपाल कम्युनिस्ट पार्टी एमाले दाेलखाकाे यस्तो कदम काेशेढुङा सावित भएकाे थियोे अन्यत्र पनि ।
नेकपा एमाले दाेलखाका ईन्चार्ज एवम पाेलिष्ट ब्युराे सदस्य पार्वत गुरूङकाे राजनीति कुशलता र सकारात्मक साेचका कारण भवि पुस्तामा समेत सबै राजनैतिक दल संग भाईचारकाे सम्बन्ध स्थापित गर्नुपर्ने रहेछ भन्ने चेतना दाेलखा जिल्लामा जागृत भएकाे थियोे ।
फेरि नेकपा एमाले दाेलखाले नेपाली कांग्रेस दाेलखाका पार्टी सभापति बर्मा लामालाई हाेटल एम्ब्रोसियामा राजनैतिक छलफलकाे निम्तो गरि सरप्राईज दिंदै जन्मदिनको उपलक्ष्यमा केक खुवाएर जन्मउत्सव मनाएकाे छ।याे आमनेपालीले अनुसरण गर्न लायक उदाहरणीय कार्य हाे । बर्मा लामा दाेलखा कांग्रेसका अभिभावक हुन ।नेपाली कांग्रेसकाे गरिमालाई सधै जाेगाई राख्ने लाेकप्रिय निष्ठावान राजनीतिज्ञ हुन । प्रतिपक्ष संग नझुक्ने,कांग्रेसका नेता कार्यकर्तालाई अप्ठ्यारो पर्दा सारथिकाे भुमिका निरन्तर निर्वाह गर्ने जिवित एक मात्र कुशसल दाेलखा कांग्रेसका नेता हुन उनी । आफु पदमा नहुदा पनि जिल्ला बसेर जनताका दुःखसुखमा साथ दिने लामाका उदाहरणीय गुणहरू धेरै छन। करिव दुईबिस देखि नेपाली कांग्रेसमा निरन्तर लाग्नु हुने लामाले धेरै पटक प्रतिपक्ष संग लड्न टिकटमा प्रतिस्पर्धा गरे। आफुले नपाए पनि सधै पार्टीले खटाएका उम्मेदवारलाई धाेक्का दिएनन,बरूअग्रपंक्तिमा लागेर सहयोग गरिरहे ,याे गुणकाे सिकाे अरूले लिनु जरुरी छ
आफुले टिकट नपाउदा भित्र भित्र धाेक्का दिने बेमानी कांग्रेसका बिचमा उदाहरणीय राजनीतिज्ञ हुन बर्मा लामा ।त्यसैले लामा कांग्रेसकाे सभापति बने ।उनलाई पञ्चायले खरिद गर्न सकेन ।लामो राजनैतिक जीवनमा कतिपटक संघातीक हमलाको सिकार भए तर उनलेे शिर उच्च बनाएर प्रतिकार गरिरहे ।संगठन निर्माणको क्रममा आभावको जीवन विताए । भोकभोकै हिडे तर आफ्नो स्वाभिमानी बेचेन । कहिलै पनिख कसैसँग हात फैलाएर लज्जा बोध हुने काम गरेन । बिगतका भन्दा कांग्रेसकाे सान बढाए।उनकाे नेतृत्वमा रहेकाे दाेलखा कांग्रेसले स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्याे। स्वार्गीय भिम बहादुर तमाङलाई जिताउन निर्णायक भुमिका निर्वाह गरेका लामाले ३० बर्ष पछि कांग्रेस युवा नेता कुन्दन काफ्लेलाई प्रदेश माननीय बनाउ सफल भए।कहिलै विजया उत्सव मनाउन नपाएकाे दाेलखा कांग्रेसले प्रदेशकाे आर्थिक मामिला मन्त्री पाएकाे छ।यतिखेर कांग्रेस दाेलखाका शिर उच्च रहेकाेछ ।
कांग्रेसकाे राम्रो देख्न नचाहने अज्ञात तत्व संग मिलि केही मान्छेहरू कांग्रेस सक्न लागेकाे देखिन्छ।तिम्रा पनि दिन राम्रो हुन। दिवा सपना नदेखन अज्ञात तत्वसंग बिलिनहरूलाई स्वाभिमानी दाेलखा कांग्रेसले भनी रहेकाछन ।व्यक्ति गत रिसले पार्टी सक्न कसैलाई छुट छैन ।दरिद्र मानसिकता त्याग त्यसैमा सबैकाे हित छ ।बिस बमन गरेर कांग्रेस माथि उठ्दैन । विपक्ष र सत्रुसंग लड्ने सामार्थ्य तिमीमा भन्दा निष्ठावान कांग्रेस लामामै छ ,ईतिहास मारेर मार्दैन ,साेध र पढ। अन्तरध्वसीहरू कुनै पनि पार्टीमा उँभाे लागेका छैन । जुन घरमा बस्याे त्यही घरमा आगाे लगाउनेहरू लाई सुक्ष्म रूपले हेरिरहेकाछन, कांग्रेसका कार्यकर्ताले ।पुछरलाई शरिरले लाई हल्लाउने हाे र? यहाँ पुछरकाे बढ्यामान कुरा सुनियाे।के हाे ? के आर सी कांग्रेस पार्टी ले बुझेकाे छ ।रामेछाप ,दाेलखाका जाे सराेकारवाला बन्छन स्वीकार्नु पर्छ,सकभर नेपाली कांग्रेसकाे बन्याेस भन्ने कांग्रेसकाे शुभेच्छा हुनुपर्छ ।सामान्य विषय बस्तुलाई लिएर नेपाली जनताकाे गाैरवशालि पार्टी कांग्रेसकाे बदनाम गर्ने भुईफुटाहरूलाई अधिकार छैन ।माैका चाैका हान्ने धुर्त ,जाे पार्टीमा हैसियत नै समाप्त छ।लाेकप्रिता गुमाएकाे छ,भन्न,लेख्न लगाउछ म सर्वश्रेष्ठ थिए,अवसर गुम्याे।विचारा बाहेक अरूभन्नुछैन ।राजनीति प्रतिस्पर्धा एमालेसंग रहने छ ।यसमा कांग्रेस सजक रहनुपर्छ ।तर सत्ता साझेदार दलको नेताहरुको सद्भाव समजदारी, आँत्मिएता देखेर विछिप्त भएकोहरुले एउटै केकमा सबै स्वाहा भयो खतम भयो ,विक्री भयो भन्ने जस्ता कपोलकल्पित हलुका लान्छनाहरुको पछाडि सत्यता नभएकाे दाेलखा कांग्रेस सभापति लामाले सामाजिक संजालमा एउटा स्टाटस लेखेकाछन।नेपाली काँग्रेसको नेता कार्यकर्ता लाई विभक्त पारेर संगठनलाई कम्जोर बनाउने खेलमा लाग्नेहरुलाई कार्यकर्ताले समय आएपछि कार्वाही गर्ने छन लामाले स्टाटसमा उल्लेख गरेकाछन।
तात्कालीन राजाको निरङ्कुशता र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा शान्तिपूर्ण जन-आन्दोलन गरी प्रजातन्त्रको पुनःस्थापना गराउन सफल पार्टीकाे सिपाही लामा जनताकाे मुक्तीकाे लागि सधै सेन्ट्रीकाे भुमिकामा रहनुभएकाे छ।
Leave a Reply