महाेत्सवकाे कारण तिनदेश जाेड्ने मुलुकै छाेटाे दुरीकाे सडक संगै मानव निर्मित जिरी ताल निर्माण हुनेमा दाेलखाली आश्वस्त

 पब्लिक संवाददाता      मङ्लबार, फाल्गुन ६, २०८१      0

दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दोलखा ६ फागुन । दोलखामा आजदेखि १३ दिने बृहत दोलखा महोत्सव सुरु भएको छ ।सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा जारी महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्ध्घाटन गरेकाछन।
मुलुककाे आर्थिक सम्वृध्दीकाे लागि मेला ,महाेत्सव काेशेढुङा सावित हुने छन मुख्य मन्त्री लामाले दाेलखाली नागरिकको सभालाई सम्बाेधन गर्दै भने चिनकाे फलाक – दाेलखाकाे चरिकाेट – महाेतरीकाे जलेश्वर नाका हुदै भारत सम्म जाेड्ने सडक मुलुकै तीन देश जाेड्ने छाेटाे मार्ग सरकारले यसै बर्ष निमार्ण गर्ने छ। याे तीन देश जाेड्ने मार्गले देशकै आर्थिक समुन्नतिका लागि महत्त्व पुर्ण भुमिका निर्वाह गर्ने छ बहादुर सिहले प्रष्टाए। दाेलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले राखेकाे प्रस्ताव मुख्य मन्त्रीले सहर्ष स्विकार गरेका छन ।

कार्यक्रम उद्घाटनकाे लागि हेलिकप्टरमा आएपनि ढिलाे आईपुगेका मुख्य मन्त्रीले पर्यटकीय नगरी जिरीमा मानव निर्मित कृतिम ताल र भिमेश्वर नगरपालिका मा मिनि एर्पाेट बनाउन वागमती सरकार लागि पर्ने समेत प्रतिबद्धता जाहेर गरेर दाेलखालीकाे मन जित्न उनी सफल भएकाछन ।

मुख्य मन्त्रीकाे प्रतिबद्धताकाे महाेत्सवमा आफ्ना विचार राख्ने दाेलखाका सम्पुर्ण राजनैतिक दलहरूले खुलेर तारिफ गरेकाेकाछन।

उद्घाटन सुरु हुनुअघि सुरु भएको झाँकी सहितको ¥यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी टुँडिखेल रंगशालामा पुगेका थिए।

दोलखा उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव १८ गतेसम्म सञ्चालन हुने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवले आन्तरिक उत्पादनको प्रबद्र्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

जिल्लाका उद्यमीहरूबाट उत्पादित बस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने, दिगो आर्थिक विकासबारे सरोकारवालाहरू बीच साझा धारणा र तत्परता विकास गर्ने, साथै दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने दोलखा उद्योग वाणिज्य संघको मुख्य उद्देश्य रहेको छ ।

जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीहरूको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति,स्थानीय उत्पादन तथा जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको डिजिटल डिस्प्लेमार्फत वृत्तचित्र प्रदर्शनी,महोत्सव स्थलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचढी सञ्चालन हुने संघले जनाएको छ।

महोत्सवमा १४० वटा स्टल राखिएकोमा स्थानीय उद्यमिको ६२ वटा स्टल छुट्याईएको संघले जनाएको छ । दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष विमल श्रेष्ठले जिल्लाको कृषि, उद्यम उत्पादनलाई प्रबद्र्धन, आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धनमा महोत्सवले टेवा पु¥याउने विश्वास व्यक्त गरे।


जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै जिल्लाका स्थानीय उत्पादनहरुको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्री वितरण गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।

दोलखा महोत्सवमा झाँकीको प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी रहनेछ । महोत्सवमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोक दोहोरी तथा जातीय भेषभूषा प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ ।

दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले महोत्सवमा ६० वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बिद्यार्थीहरु र ८ बर्ष मुनिका बालवालिकालाई कार्यक्रममा बिशेष छुट सहितको प्याकेज सञ्चालन गरिने जानकारी दिए । आयोजकका अनुसार महोत्सवमा उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई पुरस्कृत गरिनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *