संचारकर्मीकाे सुझाव अनुसार परिमार्जन पछि विधेयक पास हुने छ :सरकारका प्रवक्ता गुरुङ

 पब्लिक संवाददाता      शनिबार, फाल्गुन ३, २०८१      0

पब्लिक समाचारदाता
दोलखा३ माघ।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले संचारकर्मीकाे धेरै सुझाव आएकोले परिमार्जन गरि विधेयक ल्याउने बताउनुभयो ।

सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट वास्तविक पत्रकार साथिहरु डराउनु पर्ने अवस्था नरहने छैन मन्त्री गुरूङले भन्नुभयो ।
जिरी भ्रमण बर्ष– २०२५ को उद्घाट कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरु मा देखिएको बिकृति अन्त्यको लागि अध्यादेश ल्याएकोले याे छिटै पास हुने छ ।
सामाजिक सञ्जालहरुमा देखिएका विकृति अन्त्यको लागि विधेयक आवश्यक छ मन्त्री गुरुङले दाबि गर्नु भयाे।
मन्त्री गुरुङले जिरीको तालले यो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने भएकोले राजनीतिक आग्रह– पूर्वाग्रह त्यागेर सबै दलले एकमतका साथ ताल निर्माणमा अग्रसरता देखाउनु पर्ने बताउनुु भयो । मन्त्री गुरुङले सरकारको तर्फबाट ताल निर्माणमा आवश्यक सहयोग हुने बताउनु भयो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विकास– निर्माणमा राजनीति गर्न नहुने बताउनुु भयो । साझा सहमति र सहकार्यको आधारमा विकास– निर्माणका गतिविधि अघि बढ्नु पर्छ,पूर्व मन्त्री गुरुङले भन्नुभयो ।
दोलखा जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलको सभापतित्वमा सम्पन्न जिरी भ्रमण बर्ष– २०२५ उद्घाटन कार्यक्रममा बागमति प्रदेश सांसद भरतबहादुर केसी, उर्मिला सुुनुुवार, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका कर्मा शेर्पा, मेलुङ गाँउपालिका अध्यक्ष हिरा थोकर, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *