पत्रकारिता जनताकाे स्वातन्त्रता रक्षा गर्ने अभिभावक हाे : पूूर्व सञ्चार तथा सूूचना प्रविधि मन्त्री गुुरुङ

 पब्लिक संवाददाता      बिहिबार, माघ २४, २०८१      0

पब्लिक समाचारदाता
दोलखा/पूूर्व सञ्चार तथा सूूचना प्रविधि मन्त्री एवम् एमालेका पोलिटब्युरो सदस्य पार्वत गुुरुङले पत्रकारिता जनताकाे स्वातन्त्रता रक्षा गर्ने अभिभावक भएकाे बताउनुभयो ।
पत्रकारले कमल चलाउदा हाेस या आवाज विहिनहरूकाे आवाज बुलन्द पर्दा हाेस, सयौं पटक साेच्न जरुरी छ,म फगत समाचार सम्प्रेषण गरिरहेकाे छैन,ईतिहास काेरी रहेकाे छु भनेर गुरूङले भन्नुभयो ” कहिलै नसुत्ने र जनताकाे स्वातन्त्रता रक्षाका लागि अहाेरात्र खट्ने पवित्र क्षेत्र पत्रकारीता हाे।”
विहिवार प्रेस चौतारी नेपाल दोलखाको आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुुदै पूर्व मन्त्री गुुरुङले सबैक्षेत्रमा सेटिङको चर्चा चल्ने गरेको प्रशंग उल्लेख गर्नुहुुदै पत्रकारिता क्षेत्रमा त्यस्तो हुुन नहुने बताउनुु भयो ।

खोज पत्रकारिता र शुुशासन केन्द्रीत पत्रकारिता आजको आवश्यकता भएकोले सबै पत्रकारहरुले आफुलाई त्यतैतिर केन्द्रीत गर्नुपर्ने बताउनुु भएको छ ।

प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभुु जिरेलको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, प्रचार विभाग प्रमुख हरि ओली, जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमति प्रदेश कमिटीका महासचिव प्रकाश दहाल, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष दीपशंकर चाैलागाई, दोलखा सचिव ताराबहादुुर महतब लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष जीवन लामालाई बुद्धिमान स्मृति पत्रकारिता पुुरस्कार– २०८१ बाट पुुरस्कृत गरिएको थियो भने प्रेस चौतारीको तर्फबाट पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित रामेछापका नवराज पथिक र दोलखाका लक्ष्मण थामी तथा बागमति प्रदेश सदस्यमा निर्वाचिन दोलखाका राजन थामीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी प्रेस चौतारी नेपाल दोलखा शाखाका पूर्व अध्यक्षहरु लाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । अधिवेशनकै अवसरमा कलम चौतारी स्मारीका समेत प्रकाशन गरिएको छ ।प्रेस चौतारी नेपाल दोलखाको आठौ जिल्ला अधिवेशनले पत्रकार श्रृजन कुुमार घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *