युक्रेनी सेनाको कब्जामा रहेका दोलखाका जनाको उद्धार

 पब्लिक संवाददाता      बिहिबार, माघ २४, २०८१      0

चरिकोट ।९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दोलखाका एकसहित दुई जनाको उद्धार गरिएको छ ।

दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि सेनाको कब्जामा रहेका दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा र तेरहथूमका २९ वर्षीय फुर्वा शेर्पाको उद्धार गरिएको हो । गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा दोलखाका शेर्पा र नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेरहथूमका २९ शेर्पाको उद्धार गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले जानकारी दिनुभयो ।

उनीहरु दुई जनालाई भोली काठमाडौं ल्याउने तयारी भएको गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले बताउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *