वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

 पब्लिक संवाददाता      बुधबार, माघ २३, २०८१      0

पब्लिक समाचारदाता
दाेलखा २३ माघ ।वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । गाेरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्काएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिनुभयाे।

उहाँका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । ‘वृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो, ‘उहाँले भन्नुभयाे ।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *