रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन उचित : मेयर मानन्धर

 पब्लिक संवाददाता      मङ्लबार, माघ २२, २०८१      0

रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन उचित ः मेयर मानन्धर
पब्लिक समाचारदाता
दोलखा   । भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन उचित भइको बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सर डरलाग्दो रुपमा आएकोले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन मानन्धरले आग्रह गर्नुभएको हो ।
नेपालमा बर्सेनि हजारौँ महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रभावित मृत्युवरण गर्नुपर्ने अवस्था रहेकोछ मेयर मानन्धरले भन्नुभयो रोगको सुरुवातमै उपचार गरेर निर्मूल हुनसक्ने छ ।


आज दोलखा जिल्लाको एक मात्र छात्रा विद्यालय श्री पशुपति कन्यामन्दिर माध्यमिक विद्यालयबाट सुरु भएको एचपीभी खोप अभियानको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
भिमेश्वर नगरपालिका ०३ मा रहेको विद्यालयका कक्षा ६ देखी कक्षा १०मा अध्यान्नतर छात्राहरुलाई एचपीभी खोप लगाएको छ । यो खोपले कुनै साइट इफेट नदेखाएको भिमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा परमुख श्याम खडकाले जानकारी दिनुभयो ।


पाठेद्दर मुखको क्यान्सरको भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा एचपीभी खोप अभियान सुरु गरिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *