
पब्लिक समाचार ब्युरो
दाेलखा २२ माघ।
दाेलखाली चेली शारदा उप्रेतीले श्री बुस्ती आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि मासिक ३० हजार सहयोग गर्ने घाेषणा गर्नुभएकाे छ। साे रकमले बैतेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको साे विद्यालयले यहाँ अध्यानरत ६५ जना बालबालिकालाई दिवा खाजा ब्यबस्थापन गर्ने जनाएको छ।
समाजसेवी चेली शारदा उप्रेती घिमिरेले मासिक ३० हजारका दरले निरन्तर विद्यालयलाई नगदै उपलब्ध गराउने घोषणा गरे लगतै विद्यालय ब्यवस्थापन समितिले बालबालिकालाई दिवा खाजा ब्यबस्थापन गर्ने याेजना बनाएकाे प्रअ यज्ञ प्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
सोमबार विद्यालयमा आयोजना गरेको श्रीपञ्चमीको दिन सरस्वती पूजाको अवसरमा चेलीले यस्तो घोषणा गर्नुभएकाे हाे।
पशुपति विकास कोषका पूर्व कार्यकारी निर्देशक रमेश उप्रेती, बैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा उहाले यस्तो सहयोगको घोषणा गरेकाे प्रअ घिमिरेले बताउनुभयाे। विद्यालयमा शारादा उप्रेतीकै लगानीमा सरस्वती मन्दिरमा मूर्तीको समेत प्राणप्रतिष्ठा तथा अनावरण गरिएको छ ।
कक्षा ५ सम्मका विद्यार्थीका लागि नेपाल सरकारले दैनिक १५ रुपैंयाका दरले दिवा खाजाको रकम उपलब्ध गराउँछ । तर त्यो अप्रयाप्त हुने गुनासो आएपछि उप्रेतीले त्यसैमा थप हुने गरी मासिक ३० हजार उपलब्ध गराएकाे समाजसेवी युवा राजेश उप्रेतीले जानकारी दिनुभयाे ।
Leave a Reply