कोच नेपाल दुवारा खेलकुद सामग्री वितरण

 पब्लिक संवाददाता      सोमवार, माघ १४, २०८१      0

पब्लिक समाचारदाता

दाेलखा १४ माघ।कोच नेपालले विद्यार्थीहरुको लागि न्यानो कपडा अभियान पछि शिक्षासंगै खेलकुद अभियान सुुरु गरेको छ ।

यो अभियान अन्र्तगत दोलखाको भीमेश्वर नगरपालिका, विगुु गाँउपालिका र तामाकोशी गाँउपालिकाका बिभिन्न विद्यालयहरुमा खेलकुुद सामग्री वितरण गरिएको कोच नेपालका सिईओ सिमोन खत्रीले बताउनुु भयो ।
आईतवार दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– १ मा रहेको सुुष्पाक्षमावती माविमा खेलकुुद सामग्री वितरण गरिएको कोच नेपालका सिईओ सिमोन खत्रीले बताउनुु भयो । कार्यक्रममा कोच नेपालका सिईओ सिमोन खत्री, भीमेश्वर नगरपालिका वडा नम्बर– १ का वडा अध्यक्ष माधव थामी, वडा नम्बर– ७ का वडा अध्यक्ष विनोद तमाङ, सुुष्पाक्षमावती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् युवा नेता शक्ति पाठक, समाजसेवी सन्दिप श्रेष्ठ, रितुु श्रेष्ठ, आश्रया श्रेष्ठ, सुप्रिया खड्का लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी आईतवार नै दोलखाको विगु गाँउपालिका वडा नम्बर– ६ स्थित थम्पु माविमा पनि खेलकुुद सामग्री वितरण गरिएको कोच नेपालका सिईओ खत्रीले बताउनुु भयो । उक्त कार्यक्रममा विगुु गाँउपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष टहल बहादुुर थामी लगायतको सहभागिता रहेको थियो ।
दोलखा जिल्लालाई खेलकुुदमा अब्बल बनाउने लक्ष्य सहित कोच नेपालले प्रत्येक विद्यालयलाई दुुईवटा भलिबल, दुुईवटा फुटबल, भलिबल नेट, ब्याडमिन्टन दुुई सेट, एक बट्टा कक, स्किपिङ पाँच वटा, चेस दुुई सेट र कोण १० पिस वितरण गरेको सिईओ खत्रीले बताउनुु भयो ।
कोच नेपालले दोलखाको तामाकोशी गाँउपालिकाका केही विद्यालयहरुमा समेत खेलकुुद सामग्री वितरण गर्ने सिईओ खत्रीको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *