
पब्लिक समाचार ब्युरो
दाेलखा १४ माघ ।दाेलखा सदरमुकाम चरिकोटकाे कर्भड हलमा मंगलबार बाट दाेस्रो डिएस एफ कप -२०८१ सुरू हुनेछ ।
दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता भएकाेले यसमा ११ टिमकाे सहभागीता रहेकाे छ । साईसेटकाे सार्वजानिक गर्दै आयोजकले सम्पुर्ण तयारी पूरा भएकाे जनाएको छ ।
“रुपान्तरणका लागि रुपान्तरणवादी खेलाडी“ नारा सहित दोश्रो डी.एस.एफ कप – २०८१ अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा स्पोट्र्स फेलोसिपका अध्यक्ष शक्ति पाख्रिनले जानकारी दिनुभयो ।
जिल्लामा सुषुप्त अवस्थामा रहेको खेलकुद क्षेत्रलाई थप ऊर्जा दिने उद्देश्यले स्पोट्र्स फेलोसिपका बर्षैपिछे यस्ता प्रतियाेगिता आयोजना गरेकाे पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोश्रो र तेश्रो हुने टिमले क्रमसः नगद रु ३० हजार र रु. २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र जित्नेछन् अध्यक्ष पाखरिन भन्नुभयो ।माघ १५ देखि –१७ गते सम्म सदरमुकाम चरिकोट स्थित कभर्ड–हलमा सम्पन्न हुने छ ।
गत साल सम्पन्न डी.एस.एफ कप पहिलो संस्करणको उपाधि कालिन्चोक गाउँपालिकाले कब्जा गरेका थिए।
Leave a Reply