
पदभार ग्रहण गर्नुभयाे अध्यक्ष श्रेष्ठले ,भूमिहीन दलित र सुकुम्बासीले सहजै जग्गा पाउने छन दाेलखामा,
दीपशंकर चाैलागाई
पालिका ब्युरो
दाेलखा १३ माघ। नेपाल सरकार बाट दाेलखा जिल्लाकाे लागि नियुक्त भएका भुमि समस्य समाधान आयोग अध्यक्ष राकेश श्रेष्ठले पदभार ग्रहण गर्नु भएकोछ ।
नापी कार्यालय दाेलखाकाे भवनमा रहने भुमि समस्या समधान आयाेगकाे कार्यकक्षामाअध्यक्ष राकेश श्रेष्ठले पदभार ग्रहण गर्नु भएकोहाे ।
आयोगको उद्देश्य भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नु रहेको छ। जिल्लाले आशा गरेकाे युवा नेतृत्व राकेश श्रेष्ठ अध्यक्ष भएकाेले यहाँका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले सहज र सरल रूपमा सेवा छिटै पाउने विश्वास आमनागरिकले गरेकाछन।
दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलक बहादुर आलेकाे अध्यक्षतामा भएकाे पदभार ग्रहण कार्यक्रमका नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा,नेकपा एमाले दाेलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ ,भिमेश्वर नगरपालिका प्रमुख ईश्वर मानन्धर ,नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष प्रभु जिरेल ,तरूणदलका केन्द्रीय सदस्य भिम खड्का ,शैक्षिक व्यक्तितब निरज आचार्य ,दाेलखाका सुरक्षा निकायका प्रमुखहरू,नापी कार्यालयका प्रमुख लयायात कार्यालय कर्मचारीहरूकाे सहभागीता रहेकाे थियोे ।
आयोगको जिल्ला अध्यक्षले उपसचिवसरह तथा अन्य सदस्यहरूले शाखा अधिकृतसरह तलब–सुविधा पाउनेछन्। मालपोत, कुषि, वन, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि पदेन सदस्य हुनेछन्। जिल्ला नापी कार्यालयका प्रमुख जिल्ला सुकुम्बासी आयोगको सदस्य–सचिव हुनेछन् ।
सरकारले मनोनयन गर्ने चार जनामा एक अध्यक्ष, एक महिला सदस्य, एक विज्ञ सदस्य र एक अन्य सदस्य हुनेछन् भनी गठन आदेशमा व्यवस्था गरिएको छ।सुकुम्बासीलगायत समस्या समाधानका लागि २००९ सालदेखि अहिलेसम्म विभिन्न नामका आयोग तथा समिति गठन भएका छन्। निरौला आयोगलाई लालपुर्जा वितरण गर्नेसम्मको अधिकार दिइएको थियो। भूमि व्यवस्था मन्त्रालयका अनुसार सुकुम्बासीका नाममा विभिन्न समयमा गठन भएका आयोग तथा समितिले अहिलेसम्म डेढ लाख सुकुम्बासी परिवारलाई ४७ हजार बिघा सरकारी तथा सार्वजनिक जग्गाउपलब्ध गराएकाे तथ्यांक सरकारले सार्वजनिक गरेकाे छ ।
Leave a Reply