सहकारी केन्द्र नेपाल दाेलखाकाे अध्यक्षमा शेर्पा

 पब्लिक संवाददाता      आइतवार, माघ १३, २०८१      0

सहकारी केन्द्र नेपाल दाेलखाकाे अध्यक्षमा शेर्पा
पब्लिक समाचार ब्युरो
दाेलखा १२ माघ।सहकारी केन्द्र नेपाल दोलखाको प्रथम जिल्ला अधिवेशन दोलखाको सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ।
सहकारीकर्मीहरूको भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सचिव एवम सहकारी विभागका प्रमुख लिलामणि पोखरेलले सहकारीमा देखिएका विकृति विसंगतिहरूलाई चिर्दै शेयरसदस्य मुखी याेजना बनाएर आर्थिक उननयनका लाग्न आबश्यकता भएको बताउनुभयो ।

जिल्लाका सहकारीका संचालकहरूलाई प्रशिक्षण दिदै पाेखरेलले भन्नुभयो नेकपा माओवादी केन्द्र संग आद्बध व्यक्तित्व संलग्न रहेकाे सहकारीले नागरिकको भावना अनुरूप आर्थिक गतिविधि संचालन गर्नुस,नत्र संचालक बन्नुकाे कुनै आैचित्य छैन । नेकपा माओवादी केन्द्र जनताकाे दुख सुखकाे सारथि हाे ,भन्ने मुल मर्म नबिर्सि काम गर्नुस पाेखरेल निर्देशन समेत दिनुभयो ।
साेही भेलाले सहकारी काे एेतिहास निर्णाय गरेकाे छ ।

अधिवेशनले तेङ्जिङ शेर्पा सहित नयाँ कार्यसमितिको उपाध्यक्षमा बलराम पाण्डे,सचिवमा सर्मिला सापकोटा, सह सचिवमा निरबहादुर बुढाथोकी र कोषाध्यक्षमा सिताराम उप्रेती चयन गरेकाे छ ।

हाम्रो रेडियोको सभाहलमा सम्पन्न अधिवेशनले शेर्पा सहित सर्वसम्मत ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दोलखामा पहिलो पटक नेकपा माओवादी केन्द्र निकट भातृ संगठन सहकारी केन्द्र नेपाल गठन गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *