पब्लिक संवाददाता
बिहिबार, माघ १०, २०८१
0

पवटीमा प्रहरी चाैकी स्थापना
पब्लिक ब्युरो
दाेलखा १० माघ ।दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटीमा प्रहरी पोस्ट स्थापना भएको छ।प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको अध्यक्षतामा भएकाे प्रहरी पाेष्ट स्थापना समारोह स्थानीय नागरिकको उपस्थिति रहेकाे थियोे ।
नागरिकलाई मुस्कानसहितको प्रहरी सेवा दिने उद्देश्यका साथ दोलखाको पवटीमा प्रहरी पोस्ट स्थापना भएको हो।
प्रहरी टोली नागरिकको शान्ति सुरक्षामा अवरात्र खट्नेछ प्रहरी नायक उपरीक्षक युवराज खड्काले बताउनुभयाे।
प्रहरी सहायक निरीक्षक शिवहरी अधिकारीको नेतृत्वमा ५ जना प्रहरी टोली स्थायी प्रहरी पोस्ट पवटीमा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Leave a Reply