
पब्लिक ब्युरो
दाेलखा ५ माघ ।एमाले , माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गरि बैत्यश्वर ७ का ३० जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेकाछन ।
कम्युनिष्ट अधिनायकवाद आफुहरूलाई मन नपरेका कारण जनताकाे सेवामा समर्पित ,जनताकाे लाेकप्रिय पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकाे उनीहरूले बताएकाछन।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम बागमती सरकारका आर्थिक मामिला मन्त्री कुन्दन राज काफ्लेले उनीहरूलाई सदस्यता प्रदान गर्दै कांग्रेसमा प्रवेश गराएकाछन ।
बैत्यश्वर ७ का देवी व खडका, अमृत खड्का , कटक वहादुर खत्री ,मनोज खड्का , वीर बहादुर खड्का ,
बाबुराम खड्का ,शमशेर खड्का ,कमला खड्का ,रामकृष्ण खड्का ,टेक खड्का बहादुर ,धनराज खड्का ,लालबहादुर ,साेमकुमारी ,भरत खड्का ,अर्जुन खड्का बहादुर ,दुर्गा बस्नेत खड्का ,मेनुका कार्की खड्का,ढालकुमार खड्का एमाले , माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकाे दाेलखा कांग्रेस युवा नेता कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीले भन्नुभयो साेही स्थानका मनाेज बस्नेत ,रूपन बिक,सुरज दास,सागर श्रेष्ठ, उदव दास,बुद्ध बस्नेत ,रञ्जित बस्नेत ,रामकाजी दास पनि एमाले , माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीको सदस्य लिनुभएकाे हाे ।
बैत्यश्वर गाउँ पालिकाका प्रमुख एवम नेपाली कांग्रेस दाेलखाका उपसभापति छविलाल लामा ,युवा नेता कृण्ण भण्डारी लगायतको विशेष पहलमा उहाँहरू कांग्रेसमा प्रवेश गर्नुभएकाे हाे।
नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी-लोकतान्त्रीक राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो।
वीपी कोइरालाले यही राजनीतिक आदर्शलाई भविष्यको बाटो कोर्ने योजना मुताविक अभ्यास गर्दै गए । उनको विचार नेपाली कांग्रेसका लागि आदर्श बन्यो। उनको विचार नेपाली कांग्रेसको लागि मात्रै होइन अन्य वापन्थी दलहरुका लागि पनि गन्तव्यमा पुग्ने आधार बन्दै गइरहेको देखिन्छ ।
सैद्धान्तिक दृष्टिकोणले वीपी कोइरालाको राजनीतिक दर्शनलाई नेपाली कांग्रेसको आर्दश ठानियो । तर, व्यावहारिक दृष्टिकोणले अध्ययन गर्ने हो भने बहुलवादमा आस्था राख्ने समाजवादी राजनीतिक दलहरुहरुमा उनको राजनीतिक दर्शनको प्रभाव रहेकै देखिन्छ । जब समाजमा नयाँ चिन्तनको विकास हुँदै गयो तब सबै तह र तप्कामा संलग्न पक्षले वीपी कोइरालाको आदर्शलाई अनुभूत गर्न थाले ।
गरिब किसानको हक तथा अधिकार, महिला तथा विपन्न वर्गको उत्थान, नागरिक अधिकारको रक्षा, भौगोलिक तथा सामाजिक र सांस्कृतिक रुपमा पिछडिएको समाजको रक्षा, वातावरणको संरक्षण, जातीय संकीर्णताको अन्त्य, लोकतन्त्रका आधारभूत मान्यताको स्थापना, असहाय, अपांग तथा असुरक्षित वर्गको हित, राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा मानसिक रुपमा पछि परेको वा पारिएको भनिएको समुदायको सम्बोधनलगायतका विषयमा उनको योगदान विशिष्ट किसिमको रह्यो ।
Leave a Reply