चरिकोट चर्चले २सय ९० बृद्ध,बृद्धाहरूकाे मुहारमा खुशि ल्यायाे कठ्याङरिएकाे जाडोमा न्यानाे कपडा बाँड्दै,

 पब्लिक संवाददाता      बिहिबार, माघ ३, २०८१      0

चरिकोट चर्चले २सय ९० बृद्ध,बृद्धाहरूकाे मुहारमा खुशि ल्यायाे,कठ्याङरिएकाे जाडोमा न्यानाे कपडा बाँड्दै
पब्लिक समाचारदाता
दाेलखा ३ माघ।बृद्ध,बृद्धाहरूकाे मुहारमा एक्कासि खुसीकाे लहर देखापर्याे।खुशीका शब्दहरू सुनिन थाल्याे । खात ज्याबा काेन ।मैले यसाे फर्केर हेरे सबै आमा बुबाबाहरू एकले अर्काकाे ज्याकेट हेरेर खुशि भईरहेकाे देखेँ। उहाँहरूकाे मुहारमा उज्यालो छर्ने काम बैत्यश्वर ३ का शक्ति पाखरिन र अमेरिकी नागरिक केलेव गर्नुभएको रहेछ ।

हेरक बर्ष आफुले कमाएकाे १० प्रतिशत रकम जम्मा पारि चरिकोट चर्चका पास्चर शक्ति पाख्रिन र अमेरिकी नागरिक केलेवले नागरिकको सेवामा खर्च गर्ने गरेकाछन ।यसपटक बैत्श्वर ३ का ७० बर्ष माथि बुवा अामाहरूलाई २सय पचास वटा थान र बैत्यश्वर १मा ४० थान गरि २सय ९० थान न्यानाे कपडा(ज्याकेट) बितरण गर्नुभएको छ।


बैत्यश्वर गाउँ पालिका अध्यक्ष छवि लामा ,उपाध्यक्ष कल्पना उप्रेती ,प्रमुख प्रशासकिय अधिकृत महेश पाैडयाल र वडा नं ३ का अध्यक्ष कमल अधिकारीले ७० बर्ष माथि बुवा आमाहरूलाई २सय ९० थान न्यानाे कपडा(ज्याकेट) बितरण गर्नुभएको थियोे ।


अध्यक्ष छविलामा सहयोग संस्थालाई लाई गाउँ पालिकाकाे तर्फ धन्यवाद दिनुभएकाे छ ।
विद्धावान मित्र शक्ति पाख्रिनले हेरक नागरिकलाइ पिडाबाट मुक्त गर्न अहाेरात्र खटिरहेका छन ।चिसाे कठ्याङरिएकाे माैसममा बृद्ध,बृद्धा आमाबाबुलाई न्यानाे वितरण गरे उहाँ हरूलाई खुशी बनाएकाछन।


न्यानो कपडा वितरण समारोहका अध्यक्ष एवम वडा नं३ का अध्यक्ष कमल अधिकारीले सहयोग मनहररूकाे तारिफ गर्नुभयो ।उहाँ कै सल्लाह अनुरूप घरबाट आउन नसक्ने नागरिकलाई समेत न्यानो कपडा परिवारका सदस्यहरूलाई दिएर पठाएकाे समाज सेवि किरण पाखरिनले जानकारी दिनुभयो ।

चरिकोट चर्चका पास्चर पाख्रिनले भन्नुभयो चुनौतीपूर्ण समयमा हाम्रो सहयोगको लागि परमेश्वरको शक्तिको प्रयोग गर्न हाम्रो हृदय र आत्मा समेतलाई परमेश्वरका वचनहरुले भर्न र येशू ख्रीष्टमा आस्थाको जग महत्वपूर्ण छ।

दाेलखा जिल्ला रहेका करिव २ सय ५० वटा चर्चले सामाजिक कार्य कि्श्चियान समुदायलाई लगाई रहेकाेछ । जिल्लाका धैर स्थानमा न्यानो कपडा बितरण गरिएकाे चरिकोट चर्च ले जनाएको छ ।

भुकम्पकाे समयमा पिडामा परेका नागरिकाे चराएकाे घाउमा मलम लगाउने काम मात्र नभई आभासविहीनलाई घर बनाउन समेत कि्श्चियान समुदायले सहयाेग गरेकाेछ। काेभिड १९ बाट आक्रान्त दाेलखाली नागरिकको जीवन रक्षाकाे लागि अहाेरात्र खटि सेवा गरेकाे छ ।

सदरमुकाम चरिकोटका अस्पतालहरू लामाे समय सम्म काेभिड पिडित र बिरामी कुरूवा (सहयोगी)लाई बिहान बेलुकी खानाकाे व्यबस्था गरि जीवन रक्षा गरेकाे थियोे ।


पवित्र शक्‍ति भनेको परमेश्‍वरले आफ्नो काम पूरा गर्न प्रयोग गर्ने शक्‍ति अर्थात्‌ उहाँको सक्रिय शक्‍ति हो। परमेश्‍वर आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो शक्‍ति जुनसुकै ठाउँमा पनि पठाउन सक्नुहुन्छ पाश्चर पाख्रिनले बताउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *