जनअपेक्षा अनुरूप आगामी आवबाट वर्तमान सरकारले काम गर्नेछ: एमाले सचिव याेगेश भट्टराई

 पब्लिक संवाददाता      बुधबार, माघ २, २०८१      0

दीपशंकर चाैलागाई
पब्लिक समाचादाता
दाेलखा २ माघ।देशमा राजनैतिक स्थायित्वकाे लागि भएकाे नेकपा एमाले र नेपाली कांग्रेस बिचकाे गठबन्धन सरकारले आउँदा आर्थिक बर्षबाट जनताले अपेक्षा गरेकाे कार्यक्रम ल्याउने जनाएको छ ।
विगतकाे सरकारले जनमुखी कार्यक्रम ल्याउन नसक्दा निरास बनेका नागरिकको भावनालाई आत्मसात गर्दै बर्तमान सरकारले नयाँ आवमा जनमुखी याेजना ल्याउने नेकपा एमालेका केन्द्रीय सचिव याेगेश भट्टराईले बताए।

सदरमुकाम चरिकोट स्थित प्रेस चाैतारी नेपाल दाेलखा द्धारा आयाेजित पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराई ले भने बिगतकाे सरकारकाे ३५ अरब दायित्व तिरेकाे र अझै तिर्नुपर्ने भएकोले आउदाे आर्थिक बर्षबाट मात्र नयाँ कार्यक्रम जनतामा पस्कने छाै । यिनै कारण अपेक्षा अनुरूप काम गर्न नसकेको उनले स्वीकारे।

मुलुक काे अर्थतन्त्र डामडाेल भएकाे अबस्थालाई बर्तमान सरकारले सुधार गरिरहेकाे छ।विगतकाे सरकारका कारण अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो थिएन ,अहिले सुधार भईरहेकाे कारण प्रधानमन्त्री केपीशर्मा ओलीकाे मित्र राष्ट्र भारतकाे भ्रमण छिटै हुनेछ एमाले सचिव भट्टराईले जानकारी दिए। दुई पार्टी बिच भएकाे सात बुद्धे सम्झाैता अक्षरस कार्यन्वन गर्ने नेकपा एमाले अघि बढेकाे भट्टराईले दाबि गरे ।लाेकपक्षिय, जनपक्षीय तिनवटा अध्यादेश सरकारले ल्याएकाे छ,संसद मार्फत अनुमाेदन गर्ने तयारी रहेकाे भट्टराईले बताए। सरकारी सेवा सुविधा छिटो छरितो , सरल,सहजरूपमा उपयोग गराउने उदेशले कुनै पनि कार्यलयले सातदिन भित्र काम नगरे कार्वाही हुने अध्यादेश ल्याएकाे उनले जानकारी गराए।
आर्थिक सम्बृद्धी लागी बिदेश बसेर कम्पनी खाेली स्वादेशका लागि काम गर्ने र बिदेशमा बसी आईटी सम्बन्धि काम गरि कमाएर बैकिङ्ग प्रणाली अनुरूप स्वादेशमा ल्याउन सहज बनाउने गरि अर्को अध्यादेश ल्याएकाे भट्टराई प्रष्ट पारे।
संविधान संशोधन गरि देशमा भएका ७ सय ५३ पालिकालाई ४ सय देखि ५ सय सम्ममा झारि वडाहरूकाे संख्या बढाएर छिटै पुनः संरचना गर्ने सरकारकाे तयारी रहेकाे एमाले सचिव भट्टराई जानकारी दिए।उपराष्टपति लाई राष्ट्रिय सभाकाे अध्यक्ष बनाउने गरि सरकार अघि बढ्ने छ।राष्ट्रिय सभामा एमाले र कांग्रेसकाे दुई तिहाई नभएर केही समय पर्खनु पर्ने बाध्यात्मक अबस्थाछ उनले भने ।
चलचित्र विकास बाेडकाे अध्यक्ष दिनेश डिसीले बारखरी अनलाइनमा अन्तर्वार्ता दिदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न सक्ने काम गर्नु भनेकाेले दाेलखामा फिल्म सिटी बन्दैन,बनाउने पहल पनि गर्दिन भनेकाे विषय चर्काे रूपमा उठि रहेकाे बेला तपाईं दाेलखा आउनु भएछ यसमा एमाले पार्टी र वर्तमान सरकार नीति यही हाे? भन्ने प्रश्नमा भट्टराईले भने वर्तमान सरकार र नेकपा एमालेकाे नीति याे हुन सक्दैन, बरू नेकपा एमालेले फिल्म सिटी मात्र हाेईन,तिनदेश जाेड्ने अत्यन्तै छाेटाे दुरीकाे सडक ,तामाकोसी तेस्रो जलविद्युत आयाेजना निमार्ण गर्न लागि परिरहेकाेछ ।
साेही कार्यक्रममा चलचित्र विकास बाेडकाे अध्यक्ष दिनेश डिसीकाे अभिव्यक्त आपत्तिजनक भएकाे माननीय प्रदेश संसद भरत केसीले बताए।

प्रेस चाैतारी नेपालका अध्यक्ष प्रभु जिरेलकाे अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रम दाेलखा प्रदेश नम्बर ख का संसद भरत केसी,नेकपा एमाले दाेलखा अध्यक्ष नरबह श्रेष्ठ ,नेकपा एमाले दाेलखाका उपसचिव कमला बस्नेत ,उपसचिव हरि ओली लागायतका नेताहरूकाे उपस्थिति रहेकाे थियोे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *