खो खो विश्वकप : महिलातर्फ नेपालको लगातार दोस्रो जित

 पब्लिक संवाददाता      मङ्लबार, माघ १, २०८१      0

खो खो विश्वकप : महिलातर्फ नेपालको लगातार दोस्रो जित

पब्लिक समाचारदाता
काठमाडौ १ माघ।भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३-२४ ले पराजित गरेको थियो ।समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग तथा बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
पुरुषतर्फ भने समूह ए मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *