राष्ट्रियता, लोकतन्त्र र समाजवादका हिमायतीहरूलाई जनताको सेवा गर्दा आफ्नो शिर उच्च भएकाे अनुभुति हुन्छ: पुर्व सुचना ,संचार तथा प्रविधि मन्त्री बस्नेत
दीपशंकर चाैलागाई
दाेलखा २७ पुस।नेपाली कांग्रेस दोलखाको सय दिने अभियान अन्तरगत आज तामाकोसी गाउँपालिकाको झुलेमा सभा आयोजना गरेर पार्टीको संगठन सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।
१०० दिने अभियान अन्तर्गतको तामाकाेशी गाउँपालिकाकाे सभालाई नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि एवम नेपाल सरकारका पुर्व सुचना तथा संचार मन्त्री महाेन बहादुर बस्नेत उद्घाटन गर्नुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय नेता बस्नेतले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त प्रति अटुट आस्था, दृढ़ अडान र निरन्तर अभियानमा नेपाली कांग्रेस सदैब लागि रहेकाे बताउनुभयो । मुलुककाे रक्षा र नागरिककाे सेवामा समर्पित कांग्रेसमा तामाकोसी गाउँ पालिका काे सभामा उत्साहजनक उपस्थित देखेपछि पुर्व सुचना तथा संचार मन्त्री बस्नेतले उर्लदाे जनलहरकाे खुलेर प्रशंसा गर्नुभयाे।
उहाँले नेपाली कांग्रेसका आदर्श पुरूष स्वार्गिय भिमबहादुर तमाङकाे पवित्र भुमिमा पुगेर कांग्रेस जनहरूलाई प्रशिक्षण दिन पाउँदा १०० दिने अभियान सार्थक भएकाे महसुस आफुले गरेकाे बताउनु भयाे। उहाँ भन्नुहुन्छ नेपाली कांग्रेसका लाेकप्रिय युवा नेता एवम बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेकाे गृह पालिका भएकोले जनतामा कांग्रेस प्रतिकाे माेह बढेकाे सहजै आंकलन गर्न सकिन्छ ।सबै स्थानीय तहमा यसरी नै नागरिककाे उपस्थिति हुन जरुरी छ,गफ हाेईन काम गरेर जनताकाे मन जित्नुस दाेलखाका कांग्रेस नेताहरूलाई केन्द्रीय प्रतिनिध समेत रहनुभएका बस्नेत निर्देशन दिनु भयाे।
कांग्रेस बाहेक कुनै पनि दलले देशमा विकास नगर्ने कुरा जाेड दिदै बस्नेतले भन्नुभयो हाल सम्म देशमा भएका विकास निमार्णकाम कांग्रेसले गरेकाे हाे,यसलाई सर्वसाधारण नागरिकको तह सम्म पुराउन कांग्रेस पछि परिरहेको छ। काम गर्ने कांग्रेस तर समाजमा वफवाह फैल्याएर जनतामा दिग्भ्रमीत बनाएर मैले गरि भन्ने कम्युनिस्टहरूकाे चरित्रकाे उदाङ्गाे पार्नु पर्छ,ढिलाे भैसक्याे नपर्खनुस आजै बाट लाग्नुस पुर्व मन्त्री बस्नेतले स्वाभिमानी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
जनताकाे मन जिते मात्र नेता बनिन्छ,मन जित्नलाई विकास निमार्ण जनता जाेड्नु पर्छ ,जनताकाे आवश्यकता पहिचान गरि अघि बढ्नुहाेस बस्नेतले अपिल समेत गर्नुभयो ।
बस्नेतले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गरेको उल्लेख गर्नुहुदै विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, रिक्त पदमा पदाधिकारी मनोनीत गर्न सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन समेत निर्देशन समेत दिनुभएकाे छ।
नेपाली कांग्रेस तामाकाेशी गाउँपालिकाका सभापति कृष्ण प्रसाद फुयालकाे सभापतित्वमा भएकाे सभा लाई बागमती सरकारका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले ,कांग्रेसका केन्द्रीय सदस्य अजबाबु नेता शिवाकोटी,नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा ,कांग्रेस दाेलखाका लाेकप्रिय नेता केशवराज चाैलागाई,नेपाली कांग्रेस दाेलखाका उपसभापति छबि लामा,उपसभापति अर्जुन शिवाकोटी ,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम कांग्रेसका आस्थाका धराेहर भवेन्द्र कार्की ,कांग्रेस नेता ताराकुमार खड्का,पार्टी सचिव रञ्जित कुमार पाठक, ,तामाकोसी गाउँ पालिका उपाध्यक्ष एवम कांग्रेसकी लाेकप्रिय नेत्री सिर्जना सुवेदी लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियोे ।
कांग्रेस दोलखाको सयदिने अभियान अन्तर्गत तामाकोसी सहित वैतेश्वर ,जिरी , कालिञ्चाेक,विगु,मेलुङ,शैलुङ र गौरीशंकर गाउँपालिकामा अभियान कार्यक्रम सम्पन्न गरिसकेको छ भने,भिमेश्वर नगरपालिकामा मात्र कार्यक्रम गर्न बाँकी रहेकोे नेपाली कांग्रेस दोलखाका मुख्य सचिव भाेजराज चाैलागाईले जानकारी दिनुभयो । भिमेश्वरकाे कार्यक्रम २८ गते चरिकोटकाे कबडहलमा हुने छ।
Leave a Reply