प्रेस सेन्टर दोलखामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा बस्नेत
पब्लिक समाचारदाता
दोलखा२७ पुस । प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिवेशनले सुरज बस्नेत ‘अविरल’ को नेतृत्वमा १५ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ ।
प्रेस सेन्टर दोलखाको अध्यक्षमा बस्नेत दोस्रो कार्यकालकालागि निर्वाचित भएका छन् । खुल्ला उपाध्यक्षमा केदार दहाल, महिला उपाध्यक्षमा लक्ष्मी बस्नेत, सचिवमा गोविन्द थामी, सहसचिव खुल्लामा राजकुमार भुजेल, सहसचिव समावेशीमा इस्वर विक र कोषाध्यक्षमा नविन सुनुवार चयन भएका छन् ।
जिल्ला समन्वय समितिको खुल्ला सदस्यमा करिश्मा गोले, सुजता बस्नेत, प्रकाश कौशल, ममता श्रेष्ठ र सुन्दर खड्का तथा महिला सदस्यमा द्धिपतारा पाख्रिन, दलित सदस्यमा मनिता नेपाली र जनजाति सदस्यमा इन्द्रलक्ष्मी थामी निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशनको बागमती प्रदेश सरकारका पूर्वमन्त्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवँ दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले उद्घाटन गर्नुभएको थियो। । भ्रष्टाचार, अनियमितता, बेथिति र गलत प्रवृद्धिका बिरुद्ध कलम चलाउन बागमती सरकारका पुर्व मन्त्री खड्काले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य एवँ प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष बलराम थापाले त्याग र बलिदानी सहित रक्तरजित इतिहास बोकेको प्रेस सेन्टरका सामु पत्रकारिता जगतको संस्थागत विकास र श्रमजीवी पत्रकारका मुद्धालाई संस्थागत गर्ने प्रमुख जिम्मेवारी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवँ बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का,पत्रकार महासंघ दोलखा शाखाका निर्वतमान अध्यक्ष दिपशंकर चौंलागाई,गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा माओवादी केन्द्रका नेता अर्जुन योगी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दिलवहादुर केसी, प्रेस सेन्टरका दोलखाका नेता सन्तोष भुजेल, प्रेस चौतारी दोलखाका सचिव तारा वहादुर महत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply