३०३ औँ पृथ्वी जन्मजयन्ती राप्रपा दाेलखाले धुमधमाका साथ मनायो
पब्लिक समाचारदाता
दाेलखा २७ पस। तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीकाे अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकाे छ। यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाएकाे छ ।
राप्रपा दाेलखा अध्यक्ष बिष्णु श्रेष्ठकाे सभापतित्वमा भएकाे शुभकामना तथा चियापान कार्यक्रममा नागरिक समाजका अगुवा, राजनीति दलका प्रतिनिध र युवा विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियोे । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक पाठक,अर्को केन्द्रीय सदस्य नारायण अधिकारीले राष्ट्रनायक पृथ्वीनारायण शाहकाे खुलेर प्रशंसा गर्नुभएको थियोे ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा राप्रपा कार्यक्रम गरेकाे हाे।
आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ ।
Leave a Reply