![](https://publicpati.com/wp-content/uploads/2025/01/Snapchat-2086985378.jpg)
कांग्रेस पहलमा निमार्ण हुँदै ५० बेडकाे जिरी अस्पताल
पब्लिक समाचादाता
जिरी २६ पुस।नेपाली कांग्रेसका केन्द्रीय नेता एवम पुर्व सुचना संचार तथा प्रविधि मन्त्री महाेन बहादुर बस्नेतले प्रदेश सरकारले हेर्न गरि ५० बेड रहेकाे जिरी अस्पताल बनाउने घाेषणा गर्नुभएकाे छ।
जिरीवासी माग भए अनुरूप नेपाली कांग्रेसका नेताले बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला मन्त्री कुन्दन राज काफ्लेसंग जिरीबाटै सम्पर्क गरि प्रदेश सरकारकाे मातहतमा रहने गरि ५० बेड जिरी अस्पताल बनाउने मन्त्री बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभएकाे हाे ।
नागरिककाे सेवामा अहाेरात्र खटि रहनु हुने विकास प्रेमी नेता बस्नेतले जिरीवासीकाे आर्थिक उननयनका निमित्त जिरी एरपाेट तत्काल निर्माण गर्नु पर्ने देखिएकाेले संघिय सरकारकाे सहयाेगमा केही समयपछि बजेट बिनियाेजन गर्ने वचन ब्यक्त गर्नुभएकाे छ।
उहाँले भन्नू भयाे कांग्रेस बाहेक विकास गर्ने पार्टी अरू छैन।मुलुक विकासमा अग्रनिय भुमिका रहेकाे कारण नेपाली जनताकाे मन जित्न नेपाली कांग्रेस सफल भएकाे हाे पुर्व मन्त्री बस्नेतले दावि गर्नुभयो ।
१०० दिने अभियान अन्तर्गतको जिरी नगरपालिकाकाे सभालाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि समेत रहेका बस्नेतले सर्वसाधारण नागरिकलाई विकासमा जाेडिने गरि संघिय ,प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यक्रमहरू बनाउनु पर्नेमा जाेडदिन आग्रह गर्नुभयो ।
जनताकाे मन जिते मात्र नेता बनिन्छ,मन जित्नलाई विकास निमार्ण जनता जाेड्नु पर्छ ,आवश्यकता पहिचान गरि कांग्रेस दाेलखा अघि बढ्न हरेक सवालमा आफू सहयाेग गर्न तयार रहेकाे बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभयो ।
बस्नेतले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गरेको उल्लेख गर्नुहुदै विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, रिक्त पदमा पदाधिकारी मनोनीत गर्न सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन समेत निर्देशन समेत दिनुभएकाे छ।
नेपाली कांग्रेस जिरी नगरका सभापति साेनम शेर्पाकाे अध्यक्षतामा भएकाे प्रशिक्षण कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी , नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा ,भिमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धर ,नेपाली कांग्रेस नेता केशव चाैलागाई,नेपाली कांग्रेस दाेलखाका उपसभापति अर्जुन शिवाकोटी, कांग्रेस नेता ताराकुमार खड्का,पार्टी सचिव रञ्जित कुमार पाठक, लाेकप्रिय युवा नेता सुवास घिसिङ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियोे ।
Leave a Reply