दुगड हाइड्रोको लापरबाहीले दुई कामदार घाइते ,हाइड्रोपावर कार्वाही गर्न नागरिक समाजकाे माग

 पब्लिक संवाददाता      शुक्रबार, पुस २६, २०८१      0

पब्लिक समाचारदाता

दोलखा २६ पुस।दुगड हाइड्रोको लापरबाहीले दुई कामदार घाइते भएकाछन ।उपचारकाे लागि  धुलिखेल अस्पताल, दोलखा अस्पतालमा लगिएकाे छ।दुगड हाइड्रोपावरको लापरबाहीका कारण दोलखाको विगु गाउँपालिका-१, खरार्नी खोलामा निर्माणाधीन सडकको ब्लास्टिङ गरेर मकिङ फाल्ने क्रममा दुई जना कामदार घाइते भएका हुन।

ब्लास्टिङ गरेर मकिङ फाल्ने क्रममा उछिट्टिएको ढुंगाले जलजला कन्स्ट्रक्सनमा काम गर्ने दुई जना मजदूर गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएकाेछ । उनीहरूलाई तत्कालै धुलिखेल अस्पताल ,दोलखा अस्पताल पुर्‍याइएको छ।  उनीहरूको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। ब्लास्टिङका लागि प्रयोग गरिने उपकरण निकाल्ने क्रममा यो घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

यस दुर्घटनापछि स्थानीयबासीले दुगड हाइड्रोको लापरबाहीको विरोध गरेका छन्। उनीहरूले परियोजनामा सुरक्षाको व्यवस्था नमिलाएको र कामदारको ज्यान जोखिममा राखेको आरोप लगाएका छन्। घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न नागरिक समाज दाेलखाले माग गरेकाे छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *