जनतालाई विकास संग जाेडे मात्र मन जित्न सकिन्छ : पुर्व सुचना ,संचार तथा प्रविधि मन्त्री बस्नेत
दीपशंकर चाैलागाई
दाेलखा २५ पुस।नेपाली कांग्रेस दोलखाको सय दिने अभियान अन्तरगत आज वैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा सभा आयोजना गरेर पार्टीको संगठन सुदृढीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।
१०० दिने अभियान अन्तर्गतको वैतेश्वर सभालाई नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि एवम नेपाल सरकारका पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत उद्घाटन गर्नुभएको छ।
नेपाली कांग्रेसका केन्द्रीय नेता बस्नेतले सर्वसाधारण नागरिकलाई विकासमा जाेडिने गरि संघिय सरकार ,प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यक्रमहरू बनाउनु पर्नेमा जाेडदिनुभयाे ।कांग्रेस बाहेक कुनै पनि दलले देशमा विकास नगर्ने कुरा जाेड दिदै बस्नेतले भन्नुभयो हाल सम्म देशमा भएका विकास निमार्णकाम कांग्रेसले गरेकाे हाे,यसलाई सर्वसाधारण नागरिकको तह सम्म पुराउन कांग्रेस पछि परिरहेको छ। काम गर्ने कांग्रेस तर समाजमा वफवाह फैल्याएर जनतामा दिग्भ्रमीत बनाउने कम्युनिस्टहरूकाे चरित्रकाे चिरफार गर्नुअब युवाहरू पछि पर्नुहुन बस्नेतले उदद्योष गुर्न भयाे ।
जनताकाे मन जिते मात्र नेता बनिन्छ,मन जित्नलाई विकास निमार्ण जनता जाेड्नु पर्छ ,आवश्यकता पहिचान गरि कांग्रेस दाेलखा अघि बढ्न हरेक सवालमा आफू सहयाेग गर्न तयार रहेकाे बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा नेपाली कांग्रेस दाेलखामा एकढिक्का भएकाे दावि गर्दै पालिका स्तरमा समान्य मन माेटाव भए सबैलाई मिलाएर लैजाने जानकारी दिनुभयो ।कुनै पनि विवाद नभई दाेलखा कांग्रेसकाे सांगठनिक सुदृढीकरणमा अहाेरात्र खटिरहेका सभापति लामा सफल सभापति बनेकाे समेत स्थानीय कार्यकर्ताहरू बताउदै आएकाछन ।निडर स्वाभाव भएका लामाकाे शैलीले जिल्लामा कांग्रेसले शिर झुकाउन नपरेकाेमा कार्यकर्ता उहाँको खुलेर तारिफ गर्ने गरेकाछन ।
कांग्रेस दाेलखाका लाेकप्रिय नेता केशवराज चाैलागाई भन्नुहुन्छ स्वाभिमानी कार्यकर्ताका कारण कांग्रेसकाे गरिमा उच्च रहेकाले पार्टीका कार्यक्रम संचालन गर्दा जनमुखी हुनु पर्छ।जनताकाे आवश्यकता हेरर मात्र विकासे याेजना बनाउन सम्बन्धि सराेकारवालाहरूकाे ध्यान जान जरूरी छ उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाका सभापति शम्सेर घिसिङ काे सभापतित्वमा मैनापोखरी बजारमा भएकाे सभा लाई नेपाली कांग्रेस दाेलखाका उपसभापति छबि लामा,उपसभापति अर्जुन शिवाकोटी, कांग्रेस नेता ईश्वर मानन्धर ,कांग्रेस नेता ताराकुमार खड्का,पार्टी सचिव रञ्जित कुमार पाठक, लाेकप्रिय युवा नेता महेश काफ्ले,तामाकोसी गाउँ पालिका उपाध्यक्ष सिर्जना सुवेदी लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियोे ।
कांग्रेस दोलखाको सयदिने अभियान अन्तर्गत वैतेश्वर सहित कालिञ्चाेक,विगु,मेलु,शैलुङ र गौरीशंकर गाउँपालिकामा अभियान कार्यक्रम सम्पन्न गरिसकेको छ भने,भिमेशर,जिरी नगरपालिका र तामाकोशी गाउँपालिकाको कार्यक्रम गर्न बाँकी रहेकोे नेपाली कांग्रेस दोलखाका मुख्य सचिव भाेजराज चाैलागाईले जानकारी दिनुभयो ।
Leave a Reply