जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षासम्बन्धी छलफल
दाेलखा २३ पुस।
बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा प्रभावकारि हुने बताउनु भएको छ ।
बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षासम्बन्धी जिरीमा भएको छलफल कार्यक्रमलाईसम्बोधन गर्नु हुर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । कानुन कार्यान्वयनमा स्थानीय तह र जनप्रतिनीधी, कर्मचारीको महत्वपूर्ण भूमिका रहेको पाठकले बताउनु भयो । यस्तै उपसभामुख अपसरा चापागाईंले स्थानिय तहको आवश्यकताअनुसार कानुनी परिमार्जनका लागि प्रदेश सभा तत्पर रहेको बताउनुभयो । बागमती प्रदेश सभा सचिवालयको आयोजनामा दोलखाको जिरी नगरपालिकामा “बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा“ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न छ । कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानुन र तिनका कार्यान्वयनका क्रममा स्थानिय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका बारे छलफल गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभाका प्रमुख, सभामुख भुवन कुमार पाठक, उपसभामुख अपसरा चापागाईं, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्का, जिरी नगरपालिका नगर प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिहरूले स्थानीय तहको विकासमा प्रदेश सरकारले निर्माण गरेका कानुनको प्रभाव र आगामी रणनीतिहरूको बारेमा आफ्ना विचार राखेका थिए। संविधान सभा सदस्य खिमलाल देवकोटाले समग्र कानुनी प्रणालीको सुधार र कार्यान्वयनमा पर्ने चुनौतीहरूलाई मर्मत गर्दै स्थानीय तहसँगको सहकार्यमा आगामी योजनाहरू अघि बढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख र उपप्रमुखले स्थानीय समस्याहरू र अपेक्षाहरूलाई अवगत गराउँदै, प्रदेश सभासँग निरन्तर समन्वय र सहकार्यको महत्वलाई जोड दिनुभयो ।
Leave a Reply