विशेषज्ञ सेवा अभाव हुन नदिने स्वास्थ्य मन्त्री थापा भनाइ ,विवादित दुई कार्यालय प्रमुखकाे गतिविधि छाजविन गर्न नागरिक समाजकाे बागमती सरकार संग अपिल
पब्लिक समाचारदाता
दाेलखा २२ पुस।दाेलखाली नागरिक गुणस्तरीय स्वास्थ सेवा लिन बाट बञ्चित नहुन उदेश्यले पशुपति चाैलागाई मेमोरियल अस्पतालकाे ब्यवस्थापन समितिले गुणस्तर सुधारका लागि समस्या र चुनाैती विषय खुल्ला अन्तक्रिर्या गरेकाेछ।
अस्पतालकाे सेवाकाे गुणस्तर बृद्धीकाे लागी बागमती सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगर र बागमती प्रदेशका माननीय संसद भरतबहादुर केसीकाे समुपस्थितीमा दाेलखा नागरिक अगुवाहरू अस्पताल टिमले सुधार गर्नु पर्ने पक्ष र प्रदेश सरकारले सहयाेग गर्नु पर्ने क्षेत्रका सवालमा धारणा राख्नुभएकाे थियोे ।
नागरिकको धारणा सुनेपछि स्वास्थ्य मन्त्री थापा मगरले यहाँ नागरिक बिरामी हुदा सम्पूर्ण उपचार पशुपति मेमोरियल अस्पतालमा हुने गरि सेवा थपि स्वास्थ्य सेवा प्रदान गर्न वाग्मती सरकार तयार रहेकाे माैखिक प्रतिबद्धता जाहेर गर्नुभयो । आजकाे एक महिना पछि डालाेसिस सेवा सुरूहुने छ मन्त्री थापाले भन्नुभयो जनशक्ति र ईकुमेन्टकाे अभाब गराउने छैनाै ।अनावश्यक करारमा कर्मचारी राखी खर्चकाे कमी छ भन्नू गलत छ। स्वास्थ सम्बन्धि चेतना नै नभएका राजनैतिकदलका कार्यकर्ता भर्ति गर्ने अखडा अस्पताललाई बनाउनुहुन्न याे स्वास्थ मन्त्रालयले विज्ञ लगाएर छानबिन गर्नेछ मन्त्री थापाले भन्नुभयो ।
सदरमुकाम चरिकोटमा रहेकाे एक मात्र प्रदेशअस्पताललाई रिसर्च सेन्टरका रूपमा विकास गर्न मन्त्री समक्ष दाेलखाली नागरिकको तर्फबाट प्रदेश माननीय केसी अनुरोध गर्नुभएकाे छ।
सत्ता र शक्तिकाे आडमा लामाे समय विवादित भएर पनि कार्यालय प्रमुख बनिरहेका जनस्वास्थ्य कार्यालय दाेलखा प्रमुख उतम खनाल र आयुर्वेद स्वास्थ केन्द्र चरिकाेटमा प्रमुख मनाेज चाैधरीका सवालमा नागरिक समाज दाेललखाले मन्त्रीलाई जानकारी गराएकाे छ।
प्रदेशले छानबिन समिति बनाई दाेलखाली नागरिक बिच दुई कार्यालय प्रमुखले गरेका गतिविधिकाे सत्य तथ्य सार्वजनिक गर्न मन्त्री समक्ष अनुरोध गरेकाे छ।
गाउँहरूमा पर्याप्त स्वास्थ्य चौकी र अस्पतालहरूको संख्या नै कम छ। अझै सम्म स्वास्थ्य संस्थामा जनताको पहुच छैन।दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको उपस्थिति अझै न्यून छ।जनशक्तिको अभाव छ।दक्ष स्वास्थ्यकर्मीको अभाव छ।डाक्टर, नर्स, र फार्मासिस्टजस्ता कर्मचारी गाउँमा अझै बस्न चाहँदैनन्। उनीहरुलाइ गाउका स्वास्थ्य संस्थामा बस्न उत्सुक गराउने वा बाद्यकारि पार्ने खालका कार्यक्रम सरकार सङ्ग छैन नागरिक समाज दाेलखाका अध्यक्ष दिपशंकर चाैलागाईले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो औषधि र उपकरणको कमी छ।दाेलखाका धेरैजसो स्वास्थ्य चौकीहरूमा आधारभूत औषधी नै उपलब्ध हुँदैन। उपचारका लागि आवश्यक आधारभुत उपकरणहरू र प्रविधिको नै अभावमा छ। जस्का कारण धेरै रोगको आबश्यक जाँचपडताल बिना लक्षण चिन्ह हेरेकै भरमा रोगको निदान हुन्छ।
कुपोषण र सन्तुलित आहारको अभावले बालबालिका र गर्भवती महिलामा एनीमिया, कमजोरी, र अन्य पोषणसम्बन्धी समस्याहरू देखिने गरेकाछन चाैलागाईले भन्नुभयो जस्का लागि बिभिन्न पोषण कार्यक्रममा ध्यान दिनु जरुरि छ।
सङ्क्रामक रोगहरूको उच्च जोखिम छ स्वास्थ संस्था आफै ।सरसफाइको कमि, उपचारकाे अभाब, जनचेतनाको कमीका कारण टि बि, कुष्ठरोग, कालाजार जस्ता रोगहरू गाउँमा सामान्य देखिन्छन् ।
दाेलखामा दुरदर्जाका क्षेत्रमा पूर्वाधारको अभावछ।
यातायातको अभाब छ ।स्वास्थ चौकि भवन जीर्ण छ । भए पनि असुविधाजनक अबस्थामा छ। पर्याप्त स्वास्थ्य सामाग्री, फर्निचर छैन। शौचालयको राम्रो ब्यबस्थापन छैन। भए पनि सरसफाइको कमि छ ।मन्त्री थापा समक्ष नागरिक समाजका प्रतिनिधिहरूले वास्तविक यथार्थकाे चित्रण गरेर सुनाए।नियमित रूपमा बिजुली र पानीको आपूर्ति हुँदैन।
आधारभूत सेवा सुविधाको अभावछ।प्रसूति सेवा, बालस्वास्थ्य सेवा आकस्मिक सेवा लगायत बिभिन्न सेवाहरू गाउँमा उपलब्ध छैनन्।एम्बुलेन्स र यातायातको अभाव छ।.प्राथमिक स्वास्थ्य सेवा प्राप्त भए पश्चात विशेषज्ञ सेवा लिनुपर्ने बिरामिले राजधानी काठमाडौ नै पुग्नुपर्ने समस्याको अन्त्य कहिले हुने चाैलागाईले मन्त्रीलाई उल्टै प्रश्न गर्नुभयो । जिल्लामा सबै खाले विशेषज्ञ सेवा संचालन हुनु जरुरि छ। विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका कारण धेरै गाउका बिरामिको बाटो मा नै मृत्य हुने गरेको बास्तविता नागरिक अगुवाले मन्त्रीलाई जानकारी गराउनुभयाे ।स्वास्थ्य संस्थाहरूमा उचित व्यवस्थापन र निगरानीको कमी छ। स्वास्थ्य सस्था र त्यस्मा कार्यरत स्वास्थ्यकर्मी पूर्ण रुपमा न स्थानीय निकाय अन्तर्गत संचालित देखिन्छ न त स्वास्थ्य मन्त्रालय अन्तर्गत नै, जस्का कारण स्वास्थकर्मि कर्मचारिमा समेत काम गर्ने मनोबल घटेको देखिन्छ।सेवाहरू प्रभावकारी बनाउने नाममा बजेटको दुरुपयोग हुने गरेको पाइएको छ। जस्तै उपकरण किन्ने सन्चालन गर्न नसक्ने।याे राेग पशुपति मेमोरियल अस्पताल मै छ नागरिक अगुवाले भन्नुभयो स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नजान्ने वा अलिकति रोग हुँदा पनि बेवास्ता गर्ने प्रवृत्ति।स्थानीय तहले स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रमहरूमा ध्यान नदिने गरेको देखिन्छ। बिशेसत बजेट स्वास्थ बाहेक अन्य निर्माण कार्यमा बढि भन्दा बढि बजेट खर्च भएको देखिन्छ दाेलखामा ।स्वास्थ सचेतनामुलक कार्यक्रम असाध्यै कमि भएको देखिन्छ ,अझै पनि गाउमा जटिल रोग लाग्दा समेत झारफुक धामि झाँक्री जस्ता परम्परागत उपचार पद्दतिमा नै समाज अल्झिरहेकोले बागमती सरकारले जनचेतना फैलाउन कार्यक्रम ल्याउन चाैलागाईले अनुरोध गर्नुभयो ।
करिब दुई घण्टा चलेको अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुवास रिमालले गर्नुभएको थियाे । अस्पतालकाे गुणस्तर सुधारका लागि समस्या र चुनाैती विषयमा मेलुङ गाउँपालिका का अध्यक्ष हिरा थाेकर , प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल,दाेलखा उद्योग बाणिज्य संघका सचिव प्रविन श्रेष्ठ ,चेम्बर अफ कर्मस दाेलखाका अध्यक्ष रूद्र जंग बुढाथोकी ,अस्पताल सिओ लक्ष्मण खड्का लगायतले विचार व्यक्त गर्नुभएकाे थियोे ।
Leave a Reply