चलचित्र विकास बाेर्डकाे अध्यक्षकाे अभिव्यक्ति प्रति दाेलखामा घाेरभत्सना,पदमा बस्न नैतिक जिम्मेवारी नरहेकाे ठहर,

 पब्लिक संवाददाता      शनिबार, पुस २०, २०८१      0

पब्लिक समाचादाता

दाेलखा २० पुस।दाेलखामा डाङडुगे डाँडामा बन्दै गरेकाे फिल्म सिटी नबनाउने भन्दै बिगतकाे सरकार याेजनालाई खिल्ली उडाउने एक अमुक व्यक्तीकाे जिल्लावासीले घाेर भत्सना गरेकाछन ।

३ बर्षे जागिरेका रूपमा चलचित्र विकास बाेडकाे अध्यक्ष बनेका दिनेश डिसीले बारखरि अनलाइनमा अन्तर्वार्ता दिदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न सक्ने काम गर्नु भनेकाे ले दाेलखामा फिल्म सिटी बन्दैन,बनाउने पहल पनि गर्दिन भनेकाे विषयमा जिल्लावासीले घाेर आपत्ति जनाएका हुन।


आज दाेलखा चेम्बर अफ कर्मसकाे जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य बिष्णु श्रेष्ठले नेपाल सरकारले ३५ कराेड लगानी गरि भाैतिक संरचना ,सडक, बति, निमार्ण गरि सकेकाे स्थानमा फिल्म सिटि बन्दैन , बनाउने पहल पनि गर्दिन भन्ने चलचित्र बाेर्डकाे अध्यक्ष दिनेश डिसीकाे अभिव्यक्ति प्रती घाेर भत्सर्ना गर्नुभएको छ।
सिन्धुपाल्चोकवासी र दाेलखाली नागरिककाे भाग्य र भविष्य संग जाेडिएकाे गाैरव आयोजना राेक्न आउने गद्दारलाई पदामा बस्ने नैतिक जिम्मेवारी नरहेकाे श्रेष्ठले दावि गर्नुभयाे।
नेपाल सरकारकाे याेजनालाई उपहास गर्ने डिसीले तत्काल पदबाट राजिना दिनुपर्छ श्रेष्ठले भन्नुभयो ” मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन तत्कालीन सूचना तथा सञ्चार मन्त्री महाेन बहादुर बस्नेतले सिलान्यास गर्नुभएको थियोे । बर्तमान सरकारले नेपाली कांग्रेसका नेताले सिलान्यास गरेकाे भन्दै असफल बजाउन खाेजेकाे हाे भन्ने आन्दोलनकाे आँधीबेरी सिर्जना गर्न जिल्लावासी तयार रहेकाे नागरिक समाज दाेलखाले चेतावनी दिएकाे छ।विकासमा राजनीति नगर्न नागरिक समाजले अपिल समेत गरेकाे छ।

चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालनका लागि निर्देशिका बनाई १५ सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको क्षेत्रमा फिल्म सिटी बनाउन सुरू गरेकाे श्रेष्ठले बताउनुभयो ।

प्राकृतिक सौन्दर्यता र इनडोर स्टुडियोको लागि समेत यो स्थानमा फिल्म सिटी उपयुक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाएकाेमा बर्तमान सरकारले उपेक्षा गरेकाे श्रेष्ठले ठाेकुवा गर्नुभयो ।

उच्च पहाडी स्थानमा रहेको दूर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरु बढी हुने समेत बताएकाेछ । यहाँबाट देखिने हिमालय श्रृंखला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोला नाला र हरियालीले फिल्मसिटीलाई प्राकृतिक रुपमा समेत साथ दिने जानकारहरू बताउछन।
दाेलखामा बन्न लागेकाे फिल्म सिटी सरकारी उपेक्षाकाे सिकार बन्न नदिने नागरिक समाज दाेलखाले जनाएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *