दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दाेलखा १९ पुस। सर्वाेच्च शिखर सरमाथाकाे प्रवेश द्धाराका रूपमा चिनिने पर्यटकीय नगरी जिरिकाे बृहत् विकासकाे लागि स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरू अग्रसर भएकाछन।
जिरी जिल्ला अस्पताललाई प्रदेश सरकारकाे स्वामित्व रहने गरि संचालन गर्न आग्रह गर्दै स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूकाे टाेली बागमती सरकारका मुख्य मन्त्री बहादुर सिंह लामाकाे कार्यालय हेटौंडामा पुगेका हुन।
स्वीजरलेण्डकाे जुरिज सहरकाे पर्यावाची नामले प्रख्यात जिरी शहरलाई आर्थिकरूपमा बलियो बनाउन बागमती प्रदेशकाे गाैरवकाे आयाेजना जिरी कृतिम ताल निर्माणकाे लागि सहयोग गरिदिन बागमती सरकारलाई उहाँहरूले अनुरोध गर्नुभएको छ ।जिरिमा निमार्ण हुने तालले जिल्ला मात्र नभई देशकै आर्थिक समृद्धिमा काेशेढुङ्गा सावित हुनेछ जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले दावि गर्नुभयाे ।
भारतको प्रसिद्ध पर्यटकीय स्थल नैनीतालकै आकारमा तालको निर्माण हुने भएकोले यो निक्कै आकर्षक र पर्यटकीय महत्वको दृष्टीले महत्वपूर्ण हुने उहाँको भनाइ रहेको छ । डिपिआर अनुसार ताल निर्माणको लागत ३ अर्ब १७ करोड रहेको छ ।
पर्यटकीय नगर जिरी अहिले सुस्ताएको अवस्थामा जिरीलाई पुरानै लयमा फर्काउनकोलागि जिरी नगपालिकाले एक करोड भन्दा बढी खर्च गरी कृतिम तालको डिपीआर तयार गरेकोले स्थानीय सरकारको चाहना ताल निर्माण सिघ्र सुरु होस भन्ने रहेको छ । ताल निर्माणकालागि जस्तो सुकै सहयोग गर्न पनि जिरी नगरपालिका तयार रहेको मेयर जिरेलको भनाई छ ।
जिरी वासिको लामोसमय देखिको ताल निर्माणको सपनालाई बाग्मती प्रदेश सरकारले प्रदेश गौरवको आयोजना घोषणा गरे पनि निमार्ण गर्ने तर्फ सुस्ताएकाे ले दुखेसो गर्दै नेपाली कांग्रेस दाेलखा नेता साेनम शेर्पाले भन्नुभयो “चुप लागेर बसे
जिरीवासीको सपना पूरा नहुने हुदा खबरदारी गर्न टाेली नै मुख्य मन्त्रीकाेमा आएका हाै ।”
सरकारले जिरिवासीकाे माग पुरा गर्ने आश्वासन दिएकाे छ । बहादुर सिंह लामा कै कार्यकालमा सम्बाेधन हुने आफू विश्वास्त छु शेर्पाले भन्नुभयो ” मानव निर्मित कृतिम ताल निर्माण भए जिरीको महत्व बढ्ने मात्र नभई समग्र दोलखाको आर्थिक क्रियाकलापमा बृद्धि हुनेछ ।”
पवित्र धार्मिक स्थलकाे धनी जिरि उपत्यकामा संसारकै अग्लाे बुद्धकाे मुर्ति निमार्णकाे अन्मित चरणमा पुगेकाे छ मेयर जिरेलले भन्नुभयो यहाँ रहेकाे जिरी प्राविधिक शिक्षालयबाट उत्पादित प्राविधि संसारका सबै ठाउमा उत्कृष्ट हाँसिल गरिर रहेकाछन।अन्तर्राष्ट्रिय शैक्षिक बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न सफल जिरी प्राविधिक शिक्षालयमा समय सापेक्ष प्राविधिक विषयहरूकाे अध्यापन गराई रहेकाे छ।
पाँचपोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजिकल पार्क, चिज फयाक्ट्ररीहरु जिरी नजिकका मुख्य आकर्षणका ठाँउ हुन्।याे बर्ष आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि भएकाे नगरपालिकाले जनाएको छ ।
जिरिकाे बृहत् विकासकाे लागि स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूले बागमती सरकारका आर्थिक मामिला मन्त्री ,स्वास्थ्य मन्त्री र प्रदेश सचिवहरूलाई भेटि जिरिविकासकाे लागि सकारात्मक हुन अनुरोध गरेकाछन ।
Leave a Reply