पब्लिक संवाददाता
बिहिबार, पुस १८, २०८१
0
पब्लिक समाचारदाता
दाेलखा १८ पुस ।दोलखाको जिरी नगरपालिकामा एक घरमा आगलगी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ ।
जिरी नगरपालिका वडा–२ छेर्मादिङस्थित भिम बहादुर खड्काको घरमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरक्षक घनेन्द्र हाङ खजुमले बताउनुभयाे ।
खड्काको ढुगां माटोले बनेको दुई तले घरमा हिजो बेलुकी करिब साढे ७ बजे आगलागी भएको थियो ।
भन्साकोठा राखेको पेट्रोलबाट आगो सल्केर घर भित्र रहेको खाद्य सामग्री, पैसा, लुगाफाटो जलेर नष्ट भएको प्रराम्भिक अनुसन्धान बाट देखिएकाे ईलाकाले जनाएको छ ।मानविय क्षति भने भएकाे छैन ।
Leave a Reply