पब्लिक समाचारदाता
चरिकोट १७ पुस।दोलखामा टिफर दुर्घटना हुँदा १ जना घाइते भएका छन्। घाइते हुनेमा तामाकोशी गाउँपालिका – ३ जफेका २९ वर्षिय युबाल पोखरेल रहेका छन्।
आज दिउसो १२ बजे गाउँपालिका -१ ढोलिखोला स्थित तामाकोशीबाट जफे तर्फ जादै गरेको ना ८ ख ६१५८ नम्बरको टिफर अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदाँ पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकृत दाताराम अधिकारीले जानकारी दिए। उनका अनुसार घाईते भएका उनलाई च्छोरोल्पा अस्पताल चरिकोटमा सामान्य उपचार गरि थप उपचारको लागि बि एण्ड बि अस्पताल काठमाडौँ पठाईएको छ ।
टिफर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ का २७ वर्षिय देब कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घाइते पोखरेलको कम्मरमा चोट लागेको छ भने अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ।
Leave a Reply