दाेलखा एमाले भन्छ:- जनताकाे गुनासाेमा लातमार्ने भ्रष्टलाई कार्वाहीकाे दायारामा ल्याउनेछाै
पब्लिक समाचारदाता
दाेलखा १५ पुस। केही हाइड्रोपावरले जनताका गुनासाेलाई लत्ताई भ्रष्टाचार ,अनियमिता र जिल्लामा विकृति फैलाईरहेकाेले कानुनी कार्वाहीका लागि नेकपा एमाले दाेलखाले सम्वन्धित निकायकाे ध्यानाकर्षण गराएकाे छ।
दोलखा जिल्लालाई ‘हाइड्रो हब’ को रूपमा विकास गर्दै ‘हाइड्रो टुरिजम’को परिकल्पना मार्फत दोलखाली जनतामा आर्थिक समृद्धि ल्याउने याेजना अघि बढाई रहेकाे नेकपा एमाले दाेलखाले हाइड्रोपावरमा लगानीमैत्री वातावरण सिर्जना गरिरहेकाे छ।
” लगानीमैत्रि बाताबरण विपरीत कतिपय परियोजनाहरूले जनगुनासोलाई वेवास्ता गर्दै भ्रष्टाचार, अनियमितता र विकृतिको दलदलमा डुबिरहेका छन् ।” नेकपा एमाले दाेलखाका ईन्चार्ज पार्वत गुरूङले भने हाइड्रोपावरहरूले सार्वजनिक सुनुवाइ समेत नगरी जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेकाछन हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा एमाले दाेलखाले जिल्लाको सबै हाइड्रोपावरहरूलाई दोलखाली जनताको हितमा सञ्चालन गराउन अभियान शुरू गरेकाेछ।
राष्ट्रकै समुन्नतिमा विशेष योगदान दिन सक्ने बहुआयामिक परियोजनाको रुपमा रहेको र सम्भाव्यता अध्ययन समेत भई सकेको तामाकोसी तेस्रो जलविधुत् आयोजना हालसम्म सञ्चालन नगरी ‘लाइसेन्स होल्ड’ गरेर राखेकोमा एमाले नेता गुरूङले आपत्ति जनाएकाछन। दोलखावासीको समृद्धिको भविष्यसँग गाँसिएको तामाकोसी तेस्रो आयोजना पुर्ण क्षमतामा नै सञ्चालन गर्न र नसके कम्पनीकाे लाईसन्स रद्ध गरि तत्काल विकल्प खाेज्न नेपाल सरकार संग नेकपा एमाले दाेलखाले पहल गर्ने छ,गुरूङले भने।
यता,सासा हाइड्रोपावरले जनतालाई गुमराहमा राखेर प्राकृतिक स्रोतको व्यापक दुरुपयोग गरिरहेकाे नागरिक समाज दाेलखाकाे आराेप छ।जनताका गुनासाेलाई लत्ताई भ्रष्टाचार ,अनियमिता र विकृति जिल्लामा सासा हाइड्रोपावरले फैलाईरहेकाे चाैतर्फी गुनासो आएकाेले तत्काल कानुनी कार्वाहीका लागि सम्बन्धि निकायकाे ध्यान जानजरूरी रहेकाे नागरिक समाज दाेलखाकाे ठहर छ।
नेकपा एमाले दाेलखा द्वारा आयोजित पत्रकार सम्मेलनमा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले लामाबगर नाकाबाट चीन र भारत जोड्ने उत्तर–दक्षिण सडक निर्माण, माथिल्लो तामाकोशीसहित दोलखाका हाईड्रोपावरमा देखिएको विकृतिको निर्मुल, तामाकोशी तेश्रो यथाशीघ्र सञ्चालन, आलम्पुको सिलेट ढुङ्गाखानी सञ्चालन, खरिढुङ्गाको म्याग्नेसाईट उद्योग सञ्चालन गर्न पहल गर्ने बताएकाछन।
त्यसैगरी भेड्पुको जग्गा सम्बन्धि समस्या समाधान, चरिकोट र जिरीमा विमानस्थल निर्माण, खिम्ती खोलामा ठोसे शिवालय हाइड्याम हाईड्रोपावर निर्माण, गौरीशङ्कर संरक्षण क्षेत्रबाट नागरिकमा परेको प्रभाव मुल्याङ्कन लगायतका विषयलागि टुङ्गो मा पुराउन नेकपा एमाले दाेलखा लागि पर्ने प्रतिबद्धता श्रेष्ठ जाहेर गरेकाछन ।जिल्लाका महत्वपूर्ण विषयमा जिल्लाका मुख्य राजनीतिक दलहरुसँग आवश्यक समन्वय गरेर सरकार समक्ष पेश गरी कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने नेकपा एमाले जनाएको छ । पत्रकार सम्मेलनमा एमालेले अध्यक्ष श्रेष्ठले पार्टी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन माघ १ गतेदेखि चैत्र मसान्तसम्म तीन महिने सङ्गठन शुद्धिकरण तथा सुदृढिकरण अभियान सञ्चालन गर्ने जानकारी दिएकाछन । पार्टी र आम नागरिकहरुबिचको दुरी कम गर्न वडा तहसम्म पार्टीका गतिविधि सञ्चालन गर्न उनले बताए।
Leave a Reply