माटोको उचित व्यवस्थापन नगरे भविष्यमा कृषि उत्पादन र उत्पादकत्व घट्दै जाने निश्चित छ: कृषि संयाेजक प्रज्जवल कार्की

 पब्लिक संवाददाता      मङ्लबार, पुस ९, २०८१      0

माटोको उचित व्यवस्थापन नगरे भविष्यमा कृषि उत्पादन र उत्पादकत्व घट्दै जाने निश्चित छ: कृषि संयाेजक प्रज्जवल कार्की

पब्लिक समाचारदाता
दाेलखा ९ पुस।भिमेश्वर नगरपालिकाले माटोको उर्बराशक्ति ब्यबस्थापनका लागि माटो परिक्षण गरेकाेछ ।
माटाे परिक्षणकाे लागि श्रीसर्व माध्यमिक विद्यालयका ९,१० र आईएसी एजीमा अध्यानरत विद्यार्थीहरूले परिक्षणका लागि माटाे संकलन गरेकाछन ।आईएसी एजीमा अध्यानरत २८ जना विद्यार्थी फिल्डमा खटिएका छन।

“आर्थिक सम्वृदीकाे मुख्य खम्बा कृषि हाे ।कृषिको मुख्य आधार नै माटो हो। बाली, बिरुवा माटोमै उम्रन्छन्, बढ्छन् र आंफूलाई आवश्यक पर्ने खाद्यतत्व पनि माटोबाटै लिन्छन् । तसर्थ सफल तथा दिगो कृषि उत्पादनको लागि माटोको भौतिक रासायनिक तथा जैविक गुण परिक्षण गर्नदजरूरी छ ।” सर्वमाध्यामिक विद्यालयका प्राविधिक धारका कृषि संयाेजक प्रज्जवल कार्कीले भन्नुभयो ‘परम्परागत खेति प्रणालीमा बाली सघनता कम हुनु, बालीको उत्पादन क्षमता र उत्पादकत्व पनि कम हुने हुंदा माटाे परिक्षण पछि खेती गरे मात्र उत्पादन दिगो हुनेछ।

संयाेजक कार्की चिन्ता गर्नु हुन्छ “केही समय अघि देखि बढी उत्पादन दिने जातहरुको खेती, प्रांगारिक मलको कमी तथा रासायनिकमलको असन्तुलित प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएकाे र उत्पादन पनि घट्‌दै गईरहको छ ।” दिगो कृषि उत्पादनको लागि माटोको उचित व्यवस्थापन नगरे भविष्यमा कृषि उत्पादन र उत्पादकत्व घट्दै जाने निश्चित छ उहाँ ले भन्नुभयो

माटोका अम्लियपना थाहा पाउनको लागी अम्लियपनाको जांच र अम्लियपनाको सुधार गर्नुको लागी कृषि चुनको प्रयोग आवश्यक छ । कृषि प्राबिधिक तथा कृषि चुन उद्योग समेतले प्रयास गर्दै आए पनि प्रभावकारी उपयोग भने दखिदैन ।
याे नगरको कार्यक्रम हो । माटोको नमुना संकलन गरिसकेका छाै ,अब परिक्षण गरि प्रतिबेदन तयार पारी किसानलाई बाली अनुसारको मलको मात्रा प्रयाेग गर्न सुझाब दिन्छाै फिल्डमा खटिएका विद्यार्थी यमन बुढाथोकी भन्नुभयो ।अनि मात्र कृषकले अपेक्षा गरेकाे उत्पादन गर्ने छन ।

यस माटो परिक्षण कार्यक्रमकाे लागि भिमेश्वर नगरपालिकाले दुई लाख ३३ हजार ७सय बजेट बिनियाेजन गरेकाे सर्वमाध्यामिक विद्यालयका कृषि संयाेजक कार्कीले जानकारी दिनुभयाे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *