चरिकोट ८ पुस । झापा र सुनसरी जिल्लाकोस्थितमा ४१ बर्षीय रुपेश पाख्रिनले लागुऔषध बिक्रीबितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको ब्राउन सुगर २ ग्राम फेला पारी रुपेश पाख्रिन र बेचबिखनमा संलग्न ३२ बर्षीय डिक बहादुर मगर समेतलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २४ बर्षीय रोदन लिम्बुलाई १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ट्रामाडोल- ८३ क्याप्सुल र स्पासपेन-२८ ट्याब्लेट सहित दमक-७ का २० बर्षीय नविन ठटाल भन्ने पदम बहादुर दर्जीलाई पक्राउ गरेको उनले बताए।
यस्तै, वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३६ वर्षिय सुमन जबेगु र बिर्तामोड-५का २८ वर्षिय रोशन श्रेष्ठ, भोजपुर षडानन्द-७ का ३२ वर्षिय विजय जोगी र बिर्तामोड-१ का २३ वर्षिय मनोज तामाङलाई ४ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय बुध’boutबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाँउपालिका-३ का ६० बर्षीय श्याम धिमाल र उनका २९ बर्षीया छोरी दुर्गा धिमाललाई गाँजा ४ किलोग्राम, नेपाली नगद ३ लाख ९ हजार ६४६ रुपैँया सहित नियन्त्रणमा लिएको जनाएको छ। लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
Leave a Reply