रास्वपाका २२ सय सदस्यबाट १३ जनाकाे जिल्ला कार्यसमिति सर्वसम्मत चयन,सभापतिमा बस्नेत
पब्लिक समाचारदाता
दाेलखा ५ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको सदस्य स्तरीय जिल्ला भेला सम्पन्न भएकाे छ।
भेलाले दिनेश बस्नेतकाे सभापति रहेकाे १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे छ।जिल्ला कार्यसमितिको उप सभापति कृष्ण बहादुर खडका, सचिव रमेश कुमार श्रेष्ठ,सह सचिव माधव शिवाकोटी,कोषाध्यक्ष बिन्दा चोैलागाई,सदस्य दुर्गा कार्की, सदस्य कृष्ण प्रसाद दाहाल ,सदस्य रमेश चर्मकार,सदस्य बाबुराम गुरुङ ,सदस्य ललेन्द्र बहादुर पाण्डे ,सदस्य देवलाल तामाङ ,सदस्य कल्पना बस्नेत र सदस्य रामशरण घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ।विधान अनुरूप १३ जनाको जिल्ला कार्यसमिति गठन भएको हाे । यसमा नाै पालिकाका सभापतिहरू पदेन सदस्य रहने ब्यबस्था रहेकाे पार्टी सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीकाे अनलाइन सदस्यता लिने दाेलखा जिल्लामा २२ जना पुगेकाे श्रेष्ठले बताउनु भएकाे छ।
Leave a Reply