विपिकाे बाटाेमा बिचलित कांग्रेस ,सरकारमा रहँदा जनपक्षीय कार्यक्रम ल्याउन नसकेको स्वीकाराेक्ती

 पब्लिक संवाददाता      शुक्रबार, पुस ५, २०८१      0

विपिकाे बाटाेमा बिचलित कांग्रेस ,सरकारमा रहँदा जनपक्षीय कार्यक्रम ल्याउन नसकेको स्वीकाराेक्ती

पब्लिक समाचारदाता

दाेलखा ५ पुस।जनताकाे मन जित्ने गरि पार्टी सरकारमा हुदा नयाँ कार्यक्रम पस्कन नसक्दा विपिले परिकल्पना गरेकाे जस्तो कांग्रेस नभएकाे पुर्व मन्त्री एवम माननीय महाेन बहादुर बस्नेतले स्वीकार गर्नुभयो ।


जनताको दुख सुखमा साथ दिई मन जित्न सके मात्र निर्वाचन जित्न सकिन्छ ,काठमाडौ बसेर दाेलखा कांग्रेसकाे नेता हुँ भनी गुडी हाँक्नेकाे दिन समाप्त हुदै गएकाे कार्यकर्ताकाे आवाज बाटै प्रष्ट भएकाे कार्यक्रमका प्रमुख अतिथि एवम पुर्व मन्त्री , माननीय बस्नेत बताउनुभयो ।


नेपाली काँग्रेसको एक सय दिने अभियान अन्तरगत नेपाली काँग्रेस दोलखाको सयुक्त बैठकमा उपस्थित केन्द्रिय प्रतिनिधि वस्नेतले साे बताउनुभएको हाे।
स्वाभिमानी कार्यकर्ताकाे टाउकोमा टेकेर अाफुलाई राजा सम्झने ,अरूलाई रैतिकाे व्यबहार गर्ने नेतालाई तिस्कार गरेकाे खण्डमा दाेलखा कांग्रेसकाे सांगठनिक अबस्थामा सुधार अाउने नेता बस्नेतले दाबि गर्नुभयो

कार्यकर्ताकाे जवाफ दिन नसक्ने ,अनि आफुलाई नेता हुँ भन्ने हरू कांग्रेस बगरेल्ति देखिए । काममा ब्यस्त छु भन्दै छिटोछिटो बाेलेर बाहिर घाम तापेर बस्ने नालायकहरूले जिम्मेवारी किन लिने जिम्मेवार एक कार्यकर्ताले प्रश्न गर्नुभयाे “कांग्रेस दाेलखाकाे सुधारकाे अबस्थामा देखिन।”व्यक्तिवादी चिन्तनले रूमलिएकाे दाेलखा कांग्रेस कहिले माथि उठ्ला आम निष्ठावान कार्यकर्ता यही प्रश्नकाे जवाफ खाेजिरहेकाछन ।

संयुक्त बैठकमा नेपाली काँग्रेस दोलखाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रिय सदस्य,बागमति प्रदेश सदस्य,नेपाली काँग्रेस दोलखाका पदाधिकारी तथा सदस्यहरु ,महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु ,प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरु ,प्रदेश प्रतिनिधिहरु ,नगर तथा गाँउ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ,वडा सभापतिहरु ,भातृ भगीनी तथा सुभेक्षुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियोे ।


कार्यक्रम नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियोे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *