स्कूल ब्याग र शैक्षिक सामग्री पाएपछि मख्ख छन दुर्गामाविका ४ सय ५ बालबालिका
स्कूल ब्याग र शैक्षिक सामग्री पाएपछि मख्ख छन दुर्गामाविका ४ सय ५ बालबालिका
पब्लिक समाचारदाता
दोेलखा२२ मंसिर।एसएस फाउण्डेशन काठमाडौँले दुुर्गा माविका बालबालिकालाई चार सय पाँच वटा स्कूल ब्याग र शैक्षिक सामग्री वितरण गरेको छ ।
दोेलखाको शैलुुङ गाँउपालिका वडा नम्बर–४ मागादेउरालीमा रहेको माविको ६५ औ स्थापना दिवस दिन स्कूल ब्याग र शैक्षिक सामग्री वितरण गरेको हाे ।
एसएस फाउण्डेशनका संस्थापक शोभित उप्रेतीकाे सहयोगमा विद्यार्थीहरुले स्कूल ब्याग तथा शैक्षिक सामग्री पाएका हुन । बालबालिकालाई फाउण्डेशनका दोलखा संयोजक नवराज खड्कालाई साे सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
फाउण्डेशनले देशका बिभिन्न ठाँउमा रहेका विद्यालयहरुलाई स्कूल ब्याग तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराउदै आएको छ
दुुर्गा मावि व्यवस्थापन समितिका अध्यक्ष दिलकुुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमति प्रदेशका सांसद भरत बहादुर केसी,शैलुुङ गाँउपालिकाका अध्यक्ष रिमालबाबुु श्रेष्ठ, जिल्ला समन्वय समितिका पूर्व प्रमुख डबल पाण्डे, शिक्षा मन्त्रालयका अधिकृत शङ्करबाबुु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बालकृष्ण दहाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक लगायतलाई विद्यालयले सम्मान गरेकने छ । विद्यालयमा हाल चार सय पाँच जना विद्यार्थी रहेकाे प्रअ दहालले जानकारी दिनुभयो ।
Leave a Reply