महिला स्वास्थ्य स्वयंसेविका समाजका अग्रणिय व्यक्तित्व भएकाे चर्चा
दाेलखा २० मंसिर ।जनस्वास्थ्य कार्यालय दाेलखाकाे आयाेजनामा २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न भएकाे छ ।
“विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने नाराका साथ २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भिमेश्वर पालिका काे उपमेयर कमला बस्नेतकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भई अनवरत रूपमा पुऱ्याउँदै आएको सेवाको उच्च मूल्यांकन गर्दै नगरका १सय १४ जनालाई प्रशंसा-पत्र प्रदान गरिएको छ।
आगामी दिनहरूमा पनि समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाे उच्च र अझ बढी प्रशंसनीय एवम् उत्कृष्ट कार्य सम्पादनको अपेक्षा गरि सम्मान गरेकाे भिमेश्वर नगरका स्वास्थ्य विभाग प्रमुख श्याम खड्काले बताउनुभयो।
६० बर्ष उमेर पुगेका १७ जना महिला स्वास्थ्य स्वयंसेविका लाई संघिय सरकार बाट २० हजार र स्थानीय सरकार बाट २० हजार गरि जनही ४० हजार प्रदान गरिएकाे स्वास्थ शाखा प्रमुख खड्का जानकारी दिनुभयो ।
भिमेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमलाई नगरपालिका उपप्रमुख कमला बस्नेत,नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दिपशंकर चाैलागाई,भिनपा महिला शाखा प्रमुख सुरजा दहाल, भिमेश्वर नगरका स्वास्थ्य विभाग प्रमुख श्याम खड्का,महिला नेत्री किरण ओली ,महिला स्वास्थ स्वयंसेविका रूकु थामी लगायतले सम्बाेधन गर्नु भएकाे थियोे ।
Leave a Reply