पब्लिक संवाददाता
सोमवार, मंसिर १७, २०८१
0
दाेलखा १७ मंसिर।दोलखाको गौरीशंकर गाउँपालिकामा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ।
उमाले माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई पछि पार्दै विजयी हात पारेकी हुन् । उमाले २८ सय ५ मत पाउँदा निमलेकीले २६ सय मत पाएकी छिन् । उनले २ सय ५ मतले माओवादी उम्मेदवारलाई पछि पार्दै जित निकालेकी हुन् । यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पाले १७ सय २७ मत पाएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाेलखामा चाैथाे मत पाएकाे छ ।
Leave a Reply