कांग्रेस, एमाले र माओवादी केन्द्र बिच त्रिकोणात्मक प्रतिस्पर्धा रहेको गाैरिशंकरमा कसले मार्ला बाजी
दाेलखा १३ मंसिर ।
नेपालकाे समयमापनकाे भर्जिन हिमाल गाैरिशंकरकाे काखमा रहेकाे पालिका गाैरिशंकरमा राजनैतिकमा तापक्रम ४६ डिग्री सेल्सियस माथि पुगेको छ। तर माैसमी बाताबरण भने कठ्याङरिने ठन्डी छ। विकासकाे दृष्टिकोणमा अति पछाडि परेकाे पालिकामा
यतिखेर राजनीतिक गर्मी ह्वात्तै बढेको हाे । दलहरू मंसिर १६ गते हुने उप निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न कठ्याङरिने ठन्डीकाे समेत प्रवाह नगरी घर दैलो गरिरहेका छन्।सम्भव भएसम्म भोट माग्दै उत्साहका साथ दलबल सहित घर-घर र टोल-टोलमा पुगिरहेका छन्।
नेपाली कांग्रेसलाईलाई विरासत जोगाउने चुनौती छ। नेपाली कांग्रेसकाे तर्फबाट निर्वाचित श्यामसुन्दर तमाङकाे हृदय घात भई मृत्यु भएपछि हुने उपनिवार्चनमा कांग्रेसले उनकाे श्रीमती पासदिकि शेर्पालाई उमेदवार बनाएकाे छ । राजनैतिक क्षेत्रका क्रियासिल नेत्री भएका कारण कांग्रेसले उहाँलाई उपाध्यक्ष उठाएकाे हाे ।पार्टीको संगठन ,उहाँको व्यक्तित्व,स्वार्गिय नेता श्यामसुन्दरकाे याेगदान र भावनात्मक मतहरू उत्साहजन रूपमा आउने घरदैलो कार्यक्रम देखिएकाे छ। हामी जित नजिक पुगिसक्याै कांग्रेसका चुनावी कमाण्डर विमल आचार्यले दाबि गर्नुभएको छ । तीन पार्टीका बीचमा प्रतिष्पर्धामा कांग्रेस नेत्री पासदिकि तमाङ उच्च स्थानमा रहेकाे अनुमान सहज रूपमा गरिएकाे छ ।अहिले कुनै दलकाे गठबन्धन छैन गाैरिशंकरमा।
जननायक वीपी कोइरालाले भन्नुभएको छ, ‘यदि तिमी जनताको साथ पाउन स्वयं योग्य र सत्पात्र छौ भने आत्मविश्वास गुमाएर सहारा किन खोज्छौ ,यसैलाई आत्मसात गर ,हामी यसै अनुरूप अघिबढेका छाै चुनावी कमाण्डर आचार्यले भन्नुभयो ।
यता एमाले दाेलखा ईन्चार्ज एवम पूर्व मन्त्रीले पार्वत गुरुङ भन्नुहुन्छ एमालेकाे उम्मेदवार उमा मगरकाे सन्दार जित हुने छ ।घरदैलो अभियान हेर्दा गाैरिशंकरमा सुर्य चम्किनेछ।
कुनै कुरामा सन्ध्या मानुपर्दैन गुरूङले भन्नुहुन्छ
“गत निर्वाचनमा कागताली परेर कांग्रेस र माओवादी केन्द्रकाे गठबन्धनले जितेको हो,कांग्रेस र माओवादी केन्द्रको संगठन खै कहाँ छ ।”
तपाईंले मजबुत् देख्नुभएको छ र ? उनीहरूले जित्छ भन्नू गुरूङले उल्टै प्रश्न गर्नुभयो । एकल निर्वाचन लड्दा अझै ५० बर्ष दाेलखामा नेकपा एमालेकाे बर्चश्व कसैले ढाल्न सक्दैन ,हामीले दाेलखाली नागरिकको सेवा गरेका छाै पुर्व मन्त्री गुरूङले दाबि गर्नुभयाे ।” सयौं दाेलखाली नारिकाे सिन्दुर पुच्ने,चुरा फुटाउने,सयाैं बुवा आमालाई,छाेरा छाेरीलाई टुहुरा बनाउने, क्रियापुत्री ,शिक्षक,कर्मचारी र सर्वसाधारण हत्या गरि रगतमा हाेली खेल्नलाई सचेत गाैरिशंकरवासीले तिरस्कार गर्नेछन।” नेता गुरूङले भन्नुभयो ।
लामाे समय पार्टीको विभिन्न पदमा बसी नेतृत्व गरेकी लोकप्रिय युवा नेतृ कमरेड उमा मगरलाई हामीले उमेदवार बनाएका छाै उहाँ विद्यार्थी हुन् वा युवा, अग्रज हुन वा जेष्ठ नागरिक प्रत्येकको मनमा हुनुहुन्छ ,भारि मत ल्याएर विजया हुनेमा पक्का छ,युवासंगकाे केन्द्रीय उपाध्यक्ष एवम एमालेले दाेलखाका नेता महाराज गुरूङले भन्नुभयो ।उहाँ खुल्ला दिलको र सहयोगी भावनाको युवा राजनीतिज्ञ नेतृ हुन ।
यता नेकपा माओवादी केन्द्रका पाेलिट ब्युराे सदस्य एवम दाेलखा ईन्चार्ज विशाल खड्का भन्नुहुन्छ जनताकाे सेवक निमलेकी शेर्पाकाे जित सुनिश्चित छ।याे पालिकामा मात्र नभई दाेलखा जिल्ला नै माओवादी केन्द्रकाे आधार भुमि हाे,रक्तिम झण्डा फर्फराई रहेकाेछ,कसैले डगमगाउन सक्दैन खड्काले दाबिकासाथ भन्नुभयाे । कम्युनिस्टका नाममा कलंक केही अमुक पार्टीले पैसामा जनता किन्ने दाउ हेरेर पैसावाला मालिकनिलाई उम्मेदवार बनाएकाे छ।हाईडाे तस्कर,कवाडी तस्कर,जरिबुटी तस्करका पैसा खाेस्टामा परिणत हुनेछन उपनिर्वाचनमा । रक्तरंजित झण्डा मुनि बस्ने माओवादी केन्द्रकाे नेत्री निम लेकी शेर्पा भारी मतले ल्याई विजयी हुनेछीन खड्काले दाबी गर्नुभयो । गाउँमै बसेर जनाताको सेवा गर्नेकाे जित हुनेछ ।
आफुलाई ठुलाे दलका नेता भन्नेहरूले विकास निमार्णमा बेईजत हुने गरि पालिकालाई लथालिङ्ग बनाएकाे देखियाे। जनताकाे जिवनस्तर माथि उठाउन नसकेकाे वास्तविक यर्थाथ यहाँका अनुहार झल्किन्थ्याे । गाैरिशंकर गाउँपालि निवासी एमाले नेता पार्वत गुरूङ सुचना संचार तथा प्रविधि मन्त्री र पर्यटन मन्त्री बन्नुभयाे, नेत्री देवि खड्का भाैतिक तथा याेजना राज्य मन्त्री बन्नुभयाे, माओवादी केन्द्रका नेता विशाल खड्का वामती प्रदेशका वन तथा बाताबरण मन्त्री बन्नुभयाे,एमाले नेत्री सरस्वती बस्नेत बागमती प्रदेशकाे समाजिक विकास मन्त्री बन्नुभयाे , माओवादी केन्द्रका नेता बर्तमान संघिय माननीय गंगा कार्की ,नेपाली कांग्रेसका नेता रूद्र खड्का तत्कालीन जिल्ला विकास सभापति बन्नुभयाे तर उहाँहरूले आफु कसरी सम्पन्न हुने मात्र साेच्नुभयाे आफ्नो जन्मभुमिलाई कर्णाली भन्दा बिकट बनाई रहनुभएकाे छ। दयानिय अबस्थाछ यहाँका नागरिकको। धेरै विराला भए मुसाे मार्न सकेनन बास्तविकता। जनताले उनीहरूलाई धिकारी रहेकाछन।हाईडाेवाद,परिवारवाद,फरियावाद,र गुण्डागर्दीकाे राजनीतिमा चुरलुम्ब डुबेका कारण गाैरिशंकर गाउँपालिका अन्य पालिकाकाे तुलनामा १० बर्ष पछि परेकाे छ विकासमा ।गाैरिशंकरवासीले सास्ती ब्यहाेरेकाे ब्यहाेरै छन। याे भवसागर बाट उतार्ने नेताकाे खाँचाे छ।
Leave a Reply