पब्लिक समाचादाता
दाेलखा १० मंसिर ।कांग्रेसकाे तर्फबाट गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्षकाे उमेदवार पासदिकी शेर्पालाई साथ दिन जनता अहाेरात्र प्रतिक्षा छन ।
हिम आराेहिकाे नामले प्रख्यात सिमिगाउका नागरिक झिमिकै रात पर्दा समेत आफुले मत दिई उपाध्यक्षमा विजया गराएका नेता श्यामसुन्दर तमाङकाे स्वार्गवास भएकाे र नेपाली कांग्रेसकाेतर्फबाट उम्मेदवार बनाएकी उहाँको धर्मपत्नी पासदिकी शेर्पालाई रूख चिन्हमा मतदान गरि विजया गराउन अहाेरात्र खटिरहेकाछन ।
स्वार्गिय तमाङले गर्न बाँकी काम पूरा गर्ने प्रतिबद्धताका साथ उहाँको श्रीमती उमेदवार बनेकाेले हामी सबै उहाँलाई जिताउन रूखमा भाेट दिन्छौं ६२ बर्षिया लाबुटी शेर्पाले भन्नुभयो ” एक्कल महिलाकाे पिडामा साथ दिन आम दाजुभाइ ,दिदिबहिनीलाई रूख चिन्हमा मतदानमा गर्न समेत अनुरोध गर्छु।” म जस्ता धेरै दिदिबहिनी मत दिन तयार हुनुहुन्छ उहाँको जित सुनिश्चित छ।
नेपाली कांग्रेस दाेलखा युवा नेता एवम उप निर्वाचन कमाण्डर बिमल आचार्यले भन्नुहुन्छ हामी घरदैलो कार्यक्रम गर्दा ढिलो आईपुग्दा पनि लामाे समय प्रतिक्षा गरि पासदिकी शेर्पालाई भेट्न पुर्णरूपमा सहयोग गर्ने नागरिकको बचनले हामीमा उत्साह बढेकाे छ,कांग्रेस उम्मेदवार जित पक्का छ। सालिन व्यक्तित्व पासदिकि शेर्पालाई धेरै आमा दिदिबहिनीहरूले आशिर्वाद दिनुभएको छ आचार्यले भन्नुभयो ।
गाैरिशंकर गाउँपालिकामा आफ्नो जनधारले एकल शक्ति देखाउदै जित नजिक कांग्रेस उमेदवार पुगेकाे आँकलन गरिएको छ।
लामो इतिहासमा नेपाली कांग्रेसले जति पनि युगान्तकारी र क्रान्तिकारी कदम चलायो, ती सबै पार्टीको एकल् शक्ति (आफ्नो जनाधार)कै बुतामा सफल भएकाे छ । नेपाल राष्ट्र रहेसम्म गौरवशाली सफलताका रुपमा इतिहासले अंकित गरेको छ कांग्रेसले ।
२००७ सालको जनक्रान्ति, कांग्रेसले “विना कुनै गठबन्धन एकल शक्तिका साथ सम्पन्न गरेको हो ।” २०३६ को जनमत संग्रहमा कांग्रेस एक्लैले आफूलाई बहुदलीय पक्षका मतको मूख्य हकदार बनायो ।
२०३६ सालमा कांग्रेससँग गठबन्धन गर्न चाहने पार्टीको खाँचो थिएन तर जननायक वीपी कोइरालाको निर्देशन थियो, ‘यदि तिमी जनताको साथ पाउन स्वयं योग्य र सत्पात्र छौ भने आत्मविश्वास गुमाएर सहारा किन खोज्छौ ,यसैलाई आत्मसात गर्याे
२०४२ सालमा कांग्रेसले गठबन्धन नगरी सत्याग्रहको निर्णायक शक्ति देश र दुनियाँसमक्ष प्रदर्शित गर्न सफल भयो । हामी विपिका अनुयायीहरू यकल शक्ति देखाई जित हात पार्ने छाै ,चुनावी कमाण्डर आचार्यले दाबि गर्नुभयो ।
Leave a Reply