एमाले नेता रघुनाथ कांग्रेसमा प्रेवश ,चुनावी संग्राममा एमालेलाई दुई सय मत घाटा

 पब्लिक संवाददाता      सोमवार, मंसिर १०, २०८१      0

एमाले नेता रघुनाथ कांग्रेस प्रेवश ,चुनावी संग्राममा एमालेलाई दुई सय मत घाटा
पब्लिक समाचारदाता
दाेलखा १० मंसिर । गौरीशंकर गाउँपालिका ९ टासिनाम फेदी निवासी एमाले नेता गोविन्द श्रेष्ठ (रघुनाथ) नेकपा एमाले परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाे छन ।

एमाले नेता गोविन्द श्रेष्ठ (रघुनाथ) सहित सिङ्गो टोली नै काङ्ग्रेस प्रबेश गरेको कांग्रेसका चुनावी कमाण्डर बिमल आचार्य बताउनुभयो । श्रेष्ठ आगमनले कांग्रेसकाे उम्मेदवारलाई करिब दुई सय मत थपिने छ,कमाण्डर आचार्यले दाबि गर्नुभयो ।


हाल उपनिर्वाचनको उम्मेदवार पासदिकी शेर्पा तामाङ लाई विजय अन्य पार्टीबाट स्वाभिमानी नागरिक भित्र्याउने अभियानलाई तिब्रता दिएको गौरीशंकर काठमाडौँ सम्पर्क समितिका पार्टी सभापति लिला श्रेष्ठले संचारकर्मीहरूलाई जानकारी दिनुभयो ।

नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका सदस्य लाक्पा शेर्पा लगायत स्थानीय नेता हरूको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम अघि बढाएकाे छ।

सो कार्यक्रममा उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेकी पासदिकी शेर्पा तामाङलाई गाैरीशंकरवासीले भव्य रुपमा स्वागत गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *