माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम दाेलखा ईन्चाज विशाल खड्काकाे राजनैतिक दुरदर्शिताका कारण ५१ सदस्यीय समिति नै माओवादी केन्द्रमा प्रवेश, लक्ष्य र उदेश्य मिल्नेलाई पुनर्मिलन गराउनेअभियान दाेलखाबाट सुरू

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर ७, २०८१      0

पब्लिक समाचार ब्युरो
दाेलखा ७ मंसिर ।आत्मसम्मान र राजनीतिक जीवन रक्षाका लागि विचार मिल्ने दलसँग एकता गर्नु राजनैतिक संस्कार हाे ।आशा, अपेक्षा, प्रतिबद्धता र आश्वासनमा धमिरा लागिसके पछि हरेक नागरिकले पार्टी परिवर्तन गर्ने गर्छन ।पार्टी परिर्वतन गर्नेहरूलाई केही एजुकेटेड एनिमलहरूले हेर्ने दृष्टिकोणमा संकाेचित रहेकाे छ । स्वार्थका लागि राजनीति गरेको, बिकेर पार्टी परिवर्तन गरेको भन्दै घोक्रो सुक्ने गरी गाली गर्ने गर्छन। यति मात्र होइन,केही समय अघि सम्म सामाजिक बहिष्कारसमेत गर्न पछि पर्दैनथे ।
यही व्यवहार नै हाम्रो समाजको समस्याको जड हाे । अबका युवाहरूले यसकाे गम्भीर समीक्षा गर्ने कि नगर्ने ।

आफूले अपेक्षा गरेको मान्छे वा दलबाट आश्वासन पूरा नभएपछि पार्टी परित्याग गरेको मान्छेका कारण देश बिग्रिएको होइन, देश त तपाईं–हाम्रो कारण बिग्रिएको हो, जसलाई खराब मान्छे हो भन्दाभन्दै पनि मत दिइरह्यौँ। खराब पार्टी हो भन्ने जान्दाजान्दै पनि हजुरबुबाले आफ्ना पालामा गरेको मत परिवर्तन गरेनौँ । जसले निरन्तर देश लुट्नेहरूलाई मात्र जानी जानी मत दिइरह्यौँ ।


यसर्थ, देश नसुध्रिएको तपाईं–हाम्रो बुझाइमा चेतन भएर हो । देशमा धेरै होइन, केही सचेत युवाले गलत ट्र्याकमा जाने नेता तथा दललाई परित्याग गरी मत परिवर्तन गरेका भए देश आजसम्म यही अवस्थामा रहने थिएन ।


यही कारण नेता अनि राजनीतिक दलहरूबाट गलत हर्कत हुने थिएन । हामीले गलत गर्नासाथ यिनले पार्टी छोड्छन्, यिनले साथ छोड्नासाथ चुनाव हारिन्छ भन्ने डरमा नेताले गलत काम गर्ने थिएनन् । फलतः देशले केही न केही फड्को मारिरहेको हुने थियो ।
दल होस् वा परिवार, समाज होस् वा देश, जहाँ पनि फरक सोंच र लाईनबीच अन्तरसंघर्ष हुने गर्दछ। कहिलेकाँही अन्तरसंघर्ष यति पेचिलो बन्छ कि त्यो वर्गसंघर्ष वा बाहिरी संघर्षभन्दा बढी घातक बन्छ । आन्तरिक पार्टीजीवन नै तहसनहस बनाइदिन्छ ।

एउटा पक्ष निरन्तर शक्तिशाली भै रहने, हावी भै रहने र अर्को पक्ष निरीह र हतोत्साही भै रहने हुन्छ । यस्तो अवस्थामा एउटा पक्ष जीवनभरि राजनीति गरेर पनि पार्टी, सत्ता र सरकारको उपयोग गर्ने अवसरबाट वञ्चित भइरहन्छ । जीवनको लामो राजनीतिक संघर्षका वावजुद राजनीतिक चरित्र विकास हुनुको साटो ओरालो मात्रै लागेको महसुस हुन थालेपछि मानसिक तनाव बढ्न थाल्छ । समकक्षी र कनिष्टहरूको रवाफ र पेलाइको अघि निरीह प्राणी बनेर बस्न सकदैन, आत्मसम्मान गुमेको ठान्छ । तब आत्मसम्मान र राजनीतिक जीवन रक्षाका लागि विचार मिल्ने दलसँग एकता गर्न प्रवेश गर्छ ।


काहीँ स्वार्थीहरू ठूलो र शक्तिशाली दलको नजिक बसेर सत्ता र शक्तिको भरमग्दुर उपभोग गर्ने मनसायबाट पनि पार्टी प्रवेश गर्ने गर्छन। यस्तो मनसायबाट प्रेररित व्यक्तिले जुन दल सरकारमा छ वा सरकार निर्माण र निर्माण प्रक्रियाको निर्णायक भूमिकामा छ, त्यसमा प्रवेश गरेर महत्वपूर्ण पद हात पार्न जे पनि गर्न तयार रहने गरेको देखिन्छ ।

दाेलखामा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी बैकल्पिक केन्द्रीय सदस्य एवम दाेलखा जिल्ला सेक्रेटरी अजुन याेगीकाे नेतृत्वमा ५१ सदस्यीय कम्युनिस्ट एकता धु्रवीकरण र पुनर्मिलन समिति बनी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा समायोजित भएकाछन ।कम्युनिस्ट एकता धु्रवीकरण र पुनर्मिलन समिति संयाेजक समेत रहेका कम्युनिस्ट सिद्धान्तका विचारक ,क्षमातवान युवा नेता याेगी सहित केन्द्र , प्रदेश र जिल्ला स्तरका नेता राजनसि, दिपसि ,मिलनसि शिव सि ,बलराम सि लगायत ५१ सदस्यीय समिति नै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेकाे छ । उनीहरूकाे प्रवेशले सामाजिक न्यायकाे पक्षमा काेशेढुङ्गा सावित बन्ने राजनीतिवृतमा चर्चा छ ।जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूकाे रक्षाकाे लागि एकजुट भएर बाँकी राजनैतिक कार्यभार पूरा गर्न लाग्ने दुई पक्ष बिच हस्ताक्षर भएकाे छ ।पुर्नमिलनकाे क्षणमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम दाेलखा ईन्चाज विशाल खड्काले राष्ट्रकाे स्वाभिमान ,जनताकाे खुशि तथा समाजवाद आफ्नोे गन्तव्य मान्दै देशैभर लक्ष्य र उदेश्य मिल्नेहरू सबैलाई पुनर्मिलन गर्न र गराउन अभियान सुरू गरेकाे उद्घाेष गर्नुभएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *