
क्रसर व्यबसायीहरूकाे कारण राज्यले परिकल्पना गरेकाे कर नउठेको करदाता सेवा कार्यालय दाेलखाकाे दाबि,छिटै कानुनी दायरा ल्याउने चेतावनी
पब्लिक समाचादनता
दाेलखा ५ मंसिर।दाेलखा उद्योग वाणिज्य संघसँग मिलेर करदाता सेवा कार्यालय चरिकोटले बुधबार एम्ब्राेसियमा राष्ट्रिय कर दिवस एवम करदाता सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यालय प्रमुख विमल पाैड्यालले दाेलखा जिल्लामा क्रसर व्यबसायीहरूले राज्य तिर्नु पर्ने कर नतिर्दा लक्ष्य भन्दा धेरैकम राजस्व उठ्ने अवस्था आएकाे वास्तविक यथार्थ चित्रण गरेर देखाउनुभयाे ।

करदाता शिक्षा नागरिक तहसम्म पुराउन नसकेकाे हाे या नतिरी मिचेर जान्छु भन्ने दाउमा हाे बुझ्न सकिरहेको छैन, राष्ट्रिय कर नीति अनुरूप २०८१ फागुन मसान्तसम्म करमा छुट दिईरहदा समेत कमभन्दा कम बाँकी बक्यौता बुझाउन उपेक्षा गरिरहेकाे पाैड्यालले बताउनुभयो ।
सार्वजनिक सुचना समेत उपेक्षाकाे शिकार बनि रहेकाेछ । आव २०८१/८२ मा ५० कराेड कर उठाउने लक्ष्यमा मङ्सिरसम्म आउदा १० कराेड मात्र उठेका कारण लक्ष्य पूरा नहुने अबस्था आएकाे हाे ।
कर छली गर्ने मात्र नभई कर तिर्न पर्छ भनेर उल्टाे उजुरी दर्ता गरि दिन लब्याउन दाउमा रहेका केही उद्योगी, व्यापारी छन् । करदाता कार्यालयलाई लक्ष्य अनुरूप कर उठाउन क्रसर व्यवसायी र यस्ता व्यापारीहरू बाधक रहेकाे कार्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो, राज्यका गतिविधि संचालनकाे लागि आर्थिककाे आवश्यक पर्छ,त्यसका लागि सरकारले आन्तरिक तथा बाह्य स्रोतबाट आर्थिक जुटाउछ, आन्तरिक स्रोत काे मेरूदण्ड करदाता हाे । करदाता नै कर प्रशासनकाे सम्पत्ती हाे गेलालले प्रष्ट पार्नुभयाे ।
कार्यक्रम कर सप्ताहको अवसर पारेर आयोजना गरिएको हाे । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको अवसर पारेर २०७९ साल देखि प्रत्येकवर्ष मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी राष्ट्रिय कर दिवस मनाइँदै आइएको छ। २०५४ साल मङ्सिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको थियो।
करदाता सम्मानमा श्रीजन कन्स्ट्रक्सन लाई सम्मानित भएकाे छ ।आर्थिक वर्ष २०७९/८० मा दोलखामा सबैभन्दा बढी कर तिर्ने कम्पनी हाे ।
उद्योग/व्यापार सेवा क्षेत्रबाट सबैभन्दा बढी कर आयकर दाखिला गरेकामा कम्पनीका सुन्दर कार्कीलाई प्रमुख अतिथि शिवराम गेलालले सम्मानपत्र प्रदान गर्नुभएको छ।
सो अवसरमा करदाता सेवा कार्यालयले मूल्य अभिवृद्धि कर, स्थायी लेखा नम्बर, अन्तःशुल्क, व्यावसायिक तथा निकायगत रूपमा स्थायी लेखा नम्बर लिन आवश्यक कागजातहरू, आयकरको दर, मूल्य अभिवृद्धिमा जाने अवस्था, इटिडिएस, अन्तःशुल्क दर र करपाटी राख्नुपर्ने विषयका बारेमा जानकारी गराएको थियो।व्यक्तिको करको दर र व्यावसायिक मापदण्ड पालना नगर्दा हुन सक्ने दण्ड र जरिवानाबारे समेत कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयाे।

कार्यक्रममा सम्मानित करदाता सुन्दर कार्की ,पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई ,दाेलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमल श्रेष्ठ,निर्माण व्यवसायी संघ दाेलखाका अध्यक्ष राजेश थापा ,दाेलखा चेम्बर अफ कर्मशका उपाध्यक्ष बिरशंकर शाहीले करदाता कार्यालयका कर्मचारी र उद्योगी /ब्यापारी बिचकाे सम्बन्ध नङ र मासुकाे जस्तो भए राज्यले परिकल्पना गरेकाे कर संकलन हुने बताउनुभएकाे छ ।
Leave a Reply