राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट मन कुमारी श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता
दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे छ ।
मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेकाे समय अनुरूप राष्ट्रिय प्रजातन्त्र पार्टी काे तर्फबाट गाैरिशंकर ७ निवासी मन कुमारी श्रेष्ठले उमेदवारी दर्ता गर्नुभएकाेछ ।
श्रेष्ठकाे उम्मेदवारी दर्ता गर्न, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सहायक महामन्त्री विजय खड्का , राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक प्रवक्ता प्रविन कुमार थाेकर तमाङ , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रञजन कार्की , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजन खतिवडा , राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यवहाक बिष्णु श्रेष्ठ ,सचिव राम बहादुर तमाङ बागमती प्रदेश सदस्य देवेन्द्र खड्का ,युवा संगठन अध्यक्ष राेशन श्रेष्ठ ,संस्थापक नेता सुन्दर प्रकाश खड्का लगायतकाे उपस्थिति रहेकाे छ ।
Leave a Reply