पब्लिक संवाददाता
आइतवार, मंसिर २, २०८१
0
नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता
दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे छ ।
मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेकाे समय अनुरूप नेकपा माओवादी केन्द्र तर्फबाट गाैरिशंकर ७निवासी निमलेकी शेर्पाले उमेदवारी दर्ता गर्नुभएकाेछ ।
शेर्पाकाे उम्मेदवारी दर्ता गर्न, नेकपा माओवादी केन्द्रका पाेलिट ब्युरो सदस्य एवम संघिय माननीय गंगा कार्की,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम दाेलखा जिल्ला ईन्चाज विशाल खड्का , नेकपा माओवादी केन्द्रकि सदस्य देवि खड्का , नेकपा माओवादी केन्द्रकाे गाउँ पार्टी अध्यक्ष युगबहनदुर बस्नेत बस्नेत लगायतका व्यक्तित्वकाे उपस्थिति रहेकाे छ ।
Leave a Reply