पब्लिक संवाददाता
आइतवार, मंसिर २, २०८१
0
उम्मेदवारी दर्ता सुरू,समाजवादीकाे उम्मेदवार खड्काले गरिन पहिलाे नम्बरमा दर्ता
दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे छ ।मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेकाे समय अनुरूप नेकपा एकीकृत समाजवादी पार्टी काे तर्फबाट गाैरिशंकर ५ निवासी रविना खड्काले उमेदवारी दर्ता गर्नुभएकाेछ । खडकाकाे उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभाका माननीय संसद घनश्याम रिजाल ,समाजवादी का पाेलिट ब्युराे सदस्य शिवप्रसाद भण्डारी,नेकपा एकिकृत समाजवादी का नेता रामकाजी कायस्थ, एकीकृत समाजवादी का प्रदेश कमिटी सदस्य प्राेण प्रताप केसी ,समाजवादीका दाेलखा जिल्ला अध्यक्ष भिम दहाल ,युवा नेता कल्याण दहाल गायतका व्यक्तित्वकाे उपस्थिति रहेकाे छ ।
Leave a Reply